- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

२० हजार कर्मचारी माग गर्ने तयारी लालबाबु पण्डित

January 26, 2019
1132
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, माघ १२ गते शनिबार । नेपाल यातायात महिला चालक समूहद्वारा प्रमाणपत्र तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रमुख आथित्यतामा, नेपाल यातायात महिला चालक समूहकी अध्यक्ष मिना चन्द ठकुरीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनु भयो ।

नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाले संघीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न २० हजार कर्मचारीको आवश्यकता रहेको बताउनु भएको हो ।

महिला सशक्तिकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त समूहले विभिन्न सिपमूलक तालिम सञ्चालन गरेकामा त्यसको सराहना गर्दै, ‘मुलुकमा पूर्वाधार विकास तथा उत्पादन क्षेत्रमा लगानी गरेर ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ ।’ उहाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

पर्यटन विभागका महा-निर्देशक डुन्डुराज घिमिरेले व्यावसायिक सिपका माध्यमबाट दक्ष जनशक्ति उत्पादन तथा महिलाको आर्थिक रुपान्तरणमा भूमिका निर्वाह गरेको संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै, ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले समाजमा विद्यमान गरिबी, पछौटेपनको अन्त्य गर्न उद्यमशीलताको खाँचो रहेको बताउँदै महिला वर्गको आर्थिक पहुँच नभएकाले समाजमा हिंसा तथा विभेद् हुने गरेको विचार व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com