२०८३ वैशाख ८, मंगलबार
३:४०:३३ दिउँसो
- ADVERTISEMENT -

जापान र इरान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार

800
Shares

काठमाडौं, ११ माघ २०७५ । जापान र इरान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएका खेलमा एसियाको पावर हाउस जापानले भियतनामलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

युएईको अल मक्टम स्टेडियममा भएको खेलमा जापानलाई जिताउन दोस्रो हाफमा रिट्सु डोएनले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५७औं मिनेटमा गोल गरेका थिए ।

५२ औं मिनेटमा भिएतनामका बुई टिन डङले जापानका रिट्सु डोएनलाई पेनाल्टी एरियाभित्र लडाएपछि जापानले पेनाल्टीको मौका पाएको थियो । भियतनामले पेनाल्टी नभएको भन्दै रेफ्रीसँग अपिल गरेपनि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री भिएआरको सहायतामा जापानलाई पेनाल्टी दिएका थिए ।

जापानले सेमिफाइनलमा इरानसंग खेल्नेछ । बिहीबार राति नै भएको क्वार्टरफाइनलमा इरानले चीनलाई ३–० को गोल अन्तरले हरायो ।

मेहन्दी तारेमी, सरदार अजमोउन र करिम अन्सारिफार्दले १–१ गोल गर्दै इरानलाई जिताएका थिए ।

शुक्रबार दुई क्वार्टरफाइनल
साँझ ६ः४५ बजे दक्षिण कोरियाले कतारसंग र राति ९ः४५ बजे आयोजक युएईले डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासंग खेल्नेछ । खेलका विजेताहरु सेमिफाइनलमा भिड्ने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81