काठमाडौं, ११ माघ २०७५ । जापान र इरान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएका खेलमा एसियाको पावर हाउस जापानले भियतनामलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

युएईको अल मक्टम स्टेडियममा भएको खेलमा जापानलाई जिताउन दोस्रो हाफमा रिट्सु डोएनले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५७औं मिनेटमा गोल गरेका थिए ।

५२ औं मिनेटमा भिएतनामका बुई टिन डङले जापानका रिट्सु डोएनलाई पेनाल्टी एरियाभित्र लडाएपछि जापानले पेनाल्टीको मौका पाएको थियो । भियतनामले पेनाल्टी नभएको भन्दै रेफ्रीसँग अपिल गरेपनि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री भिएआरको सहायतामा जापानलाई पेनाल्टी दिएका थिए ।

जापानले सेमिफाइनलमा इरानसंग खेल्नेछ । बिहीबार राति नै भएको क्वार्टरफाइनलमा इरानले चीनलाई ३–० को गोल अन्तरले हरायो ।

मेहन्दी तारेमी, सरदार अजमोउन र करिम अन्सारिफार्दले १–१ गोल गर्दै इरानलाई जिताएका थिए ।

शुक्रबार दुई क्वार्टरफाइनल
साँझ ६ः४५ बजे दक्षिण कोरियाले कतारसंग र राति ९ः४५ बजे आयोजक युएईले डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासंग खेल्नेछ । खेलका विजेताहरु सेमिफाइनलमा भिड्ने छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्