२०८३ वैशाख ६, आइतबार
१०:५८:१० राति
- ADVERTISEMENT -

सुन्दर सिंहदरबार अभियान सुरु

प्रकाशित मिति: २०७५ माघ ८, मंगलबार

1230
Shares

काठमाडौंँ, माघ ८ गते । सडक तथा भीरपाखा सम्याउन प्रयोग हुने ‘डोजर’ सिंहदरबारभित्र चलेको देख्दा धेरैलाई अनौठो लागेको छ । विगत नौ दिनदेखि बिहान ७.०० बजेबाट नियमित रुपमा डोजर चलिरहँदा चासो धेरैको चासो बढेको छ । सुन्दर सिंहदबार निर्माण लागि अभियानको थालनी डोजरबाट आरम्भ भएको छ ।

नेपाल सरकारको कन्द्रीय प्रशासनिक मुख्यालय सिंहदरबारक्षेत्रलाई सफा सुन्दर, आकर्षक हरियाली र व्यवस्थित बनाउन सिंहदरबारभित्र डोजर चलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्री र सचिवले जनताको लागि काम गर्ने कार्यालयहरु नै सफा र व्यवस्थित नहुँदा त्यसको प्रभाव प्रदेश र स्थानीय सरकारसम्म पर्ने भएकाले मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतमा बसेको एक बैठकले सिंहदरबार परिसर व्यवस्थापनसम्वन्धी २६ बँुंदे निर्णयहरू गरिएको थियो ।

उक्त निर्णयहरूलाई क्रमशः कार्यान्वयन गर्ने क्रममा सिंहदरबारभित्रको फोहर व्यवस्थापन गर्न डोजर नै चलाउन परेको प्रवक्ता कुँवरले स्पष्ट पार्नुभएको हो । डोजर चलाएको सोमबार नौ दिन पुगेको छ । उहाँले भन्नुभयो,‘अझै कतिपय स्थानमा थुप्रेको फोहर व्यवस्थित गर्न सकिएको छैन ।’ सिंहदरबारभित्रको सडक सफा राख्न सडक विभागको दुईवटा ब्रुमर, सिंहदरवार प्रवेश गेट तथा पर्खालहरुमा रङरोगन, सडक सोलारबत्ती जडान गर्ने कार्य भइरहेको छ । मन्त्रालय तथा क्यान्टिनहरूबाट निस्कने फोहर विहान ७.०० वजे अगाडि नै उठाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालय पश्चिम र परराष्ट्र मन्त्रालयको उत्तर भागमा रहेको क्षेत्रमा डोजर प्रयोग गरी पुरानो टहरा भत्काई आकर्षक बगैँचा निर्माणको थालनी गरिएको छ । सडक किनारामा विरुवा रोप्ने र थप दुईटा क्यान्टिन निर्माणको पहल भइरहेको छ ।
सिंहदरबारभित्रको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाई तीन स्थानमा सवारी साधन धुने व्यवस्था गरिने भएको छ । यतिखेर सुन्दर र सफा सिंहदरवार निर्माणका लागि काम थालिएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।
सिंहदरबारभित्र पहराको नाममा सिङ्गो परिवारसहित बस्ने व्यवस्थाको खारेज गरी एक÷एकजनामात्र बस्न पाउने व्यवस्था गरिने भएको छ । निर्माण सामग्रीलाई व्यवस्थित गरिने छ भने पुराना तथा थोत्रा गाडी, मेसिनरी औजार सामग्रीलगायतका कवाडी वस्तु हटाउन थालिएको छ ।

त्यस्तैं, सिंहदरबार भित्र रहेका प्रत्येक कार्यालय तथा भवन भित्र, बाहिर, भर्याङ वरपर, बरन्डा, झ्यालढोका आदिमा नियमित सरसफाई गर्नका साथै कार्यालय अगाडि पछाडि र दायाँबायाँ भागमा रहेको खाली क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने काम भइरहेको छ । सिंहदरबार भित्रको सडकमा रोड मार्किङ लाइन तान्ने, अव्यवस्थित क्यान्टिनहरू हटाउने, आकर्षक बगैँचा निर्माण गरी त्यहाँ फलफूलका विरुवा रोप्ने, बगैँचाको सिँचाइका एकीकृत प्रविधियुक्त सिँचाइ प्रणाली जडान गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको हो । सो कार्य सम्पन्न गर्न सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सडक विभाग, काठमाडौँ महानगरपालिकालाई जिम्मेवारी समेत तोकिसकेको छ ।
योजना अनुसार काम पूरा भएपछि सिंहदरबार परिसर सुन्दर बगैँचा बन्ने छ । त्यसक्रममा अहिले काम थालनी भइसकेको कुँवरले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98