- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

टिचिङले भन्यो– दुई अनसनकारीलाई एउटै अस्पतालमा राख्न सकिन्न

January 18, 2019
834
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ माघ २०७५ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खडकाले दुईवटा अनसकारीलाई एउटै अस्पतालले राख्न नमिल्ने बताएका छन् । चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा अनसनरत डा. गोविन्द केसी र विद्यार्थी विजय थापाको स्वास्थ्य अवस्था बिग्रिएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेलगत्तै निर्देशक खड्काले सो प्रतिक्रिया दिएका हुन् ।

इलाममा अनसनरत डा.केसी र थापालाई आजै काठमाडौ ल्याई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । रातोपाटीसँग कुरा गर्दै निर्देशक खड्काले डा.केसी र थापालाई एउटै अस्पतालमा राख्दा प्राविधिक समस्या हुने पनि बताए । निर्देशक थापाले भने, ‘त्रिवि शिक्षण अस्पतालमा एउटा मात्र आईसीयू कक्ष छ, दुवैजनालाई आईसीयू कक्षमा राख्नुपर्ने देखिएकोले यहाँ राख्न सकिन्न ।’

- ADVERTISEMENT -

Advertisement

इमरजेन्सीमा रहेका थापाको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई पनि आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

निर्देशक खड्काले दुई विपरित माग राखेर अनसन बसेका केसी र थापाको पक्ष र विपक्षमा देखिएको भीड बढ्न सक्ने र अस्पतालमा अराजकता मच्चिन सक्ने संकेत समेत गरे । अहिले अस्पताल परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ । डा.केसी र थापालाई आजै इलामबाट काठमाडौं ल्याइएको थियो । Ratopati

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com