२०८३ वैशाख ६, आइतबार
११:४७:०६ राति
- ADVERTISEMENT -

तेत्तीस किलो सुन प्रकरण: उच्च अदालतका पाँचजना न्यायाधीश छानबिनमा

प्रकाशित मिति: २०७५ माघ ४, शुक्रबार

1091
Shares

काठमाडौँ, ४ माघ २०७५ । पेसी र सुनुवाइ व्यवस्थापनमा प्रचलित मान्यता तोडेको आरोपमा उच्च अदालतका पाँचजना न्यायाधीश छानबिनमा तानिएका छन् । तेत्तीस किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका पाँच जना न्यायाधीशलाई छानबिनका लागि सर्वोच्च तान्ने तयारी भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको नेतृत्व लिएसँगै गठन भएको निगरानी समितिको प्रतिवेदनका आधारमा न्यायाधीशहरू छानबिनमा तानिएका हुन् । न्याय परिषद र सर्वोच्चको संयुक्त निगरानी टोलीको प्रतिवेदन अनुसार सर्वोच्च प्रशासनले उनीहरूलाई पत्राचारको तयारी गरेको छ । परिषद् सचिव नृपध्वज निरौला नेतृत्वको टोली तीन दिन विराटनगर बसेर शाक्य हत्या प्रकरणलगायतका अन्य मुद्दाका पेसी र इजलास व्यवस्थापनबारे अध्ययन गरेको थियो ।

स्रोतका अनुसार न्यायाधीशहरु नगेन्द्रलाभ कर्ण, थीरबहादुर बम, शारङ्गा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौड्याललाई प्रतिवेदन अनुसार छानबिनका लागि सर्वोच्च बोलाउने तयारी भएको हो । सर्वोच्च स्रोतका अनुसासर प्रधानन्यायाधीशको निर्देशन अनुसार औपचारिक रुपमा पत्र दिएर बोलाउने तयारी भइरहेको छ । परिषद्का अन्य सदस्यहरुले भने निर्णयबारे औपचारिक जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

निगरानी समितिले तयार पारेको प्रतिवेदन न्याय परिषद्मा भने पेस भएको छैन । परिषद्को आगमी बैठकमा प्रतिवेदन पेस गर्ने तयारी छ । प्रतिवेदनले न्यायाधीशमा थप छानबिनको सिफारिससँगै मुख्य न्यायाधीशमाथि पनि छानबिनका लागि सिफारिस गरेको छ । शाक्य हत्या प्रकरणको एकै अभियोगपत्रको मुद्दा फुटाएर पेसी व्यवस्थापन र सुनुवाइ मुख्य छानबिनको विषय रहेको छ ।

यस्तो छ विवाद
तेत्तीस कलो सुन पैठारी तथा शनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले चालक तथा लोडरलाई तारेखमा छाडेर अन्य अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालतको आदेशले धेरै अभियुक्त तारेखमा छुटेका थिए । एकै मिसिल एउटै मुद्दा भए पनि फुटाएर पेसी तोकिएको थियो ।

फुटाएर पेसी व्यवस्थापन गरेको विषय नै अहिले मुख्य छानबिनको विषय बनेको छ । फुटाएर पेसी व्यवस्थापन गरिएको भन्दै उच्च अदालत बार एशोसिएसनले मुख्य न्यायाधीशको आलोचना समेत गरेको थियो ।

उच्च अदालत बार एशोसिएसन विराटनगरका अध्यक्ष रामप्रसाद भण्डारीले हिजो बारले उठाएका विषयमा छानबिन सुरु भएको जानकारी दिनुभयो । भण्डारीले भन्नुभयो ‘हाम्रो मुख्य चासो त्यतिबेलाको पेसी व्यवस्थापनमा नै थियो । हामीले एकै बेञ्चबाट मुद्दा हेर्नुपर्ने भनेका थियौँ, त्यो भएन । अहिले त्यही विषय स्थापित प्रचलन विपरीत भएको भन्दै छानबिनमा परेको छ ।’
सर्वोच्च अदालतले समेत पुस २७ गते सोही प्रकरणमा जोडिएको मुद्दालाई लगाउ कायम गरी एकैपटक हेर्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सञ्जय राउत, तुलाराम थारु लगायतको थुनुवा मुद्दालाई लगाउ कायम गर्न आदेश जारी गरेको छ ।

एकै बेञ्चमा सुनुवाइ सुरु
एकै अभियोगपत्र रहेको तथा एकै विषय रहेको मुद्दा यसअघि फुटाएर सुनुवाइ गरेको उच्च अदालत विराटनगरले गत शुक्रबारदेखि एकै इजलासमा मुद्दाको सुनुवाइ सुरु गरेको छ । मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलले आफ्नै इजलासमा राखेर मुद्दाको सुनुवाइ सुरु गर्नुभएको छ । भुर्तेलसँगै न्यायाधीश जनक पाण्डे उक्त इजलासमा हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98