एजेन्सी, ३ माघ २०७५ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ। रोनाल्डोले युभेन्टस गएपछि पहिलो पटक उपाधि जित्न सफल भए। बुधबार राति भएको फाइनलमा एसी मिलानलाई १–० ले पराजित गर्दा रोनाल्डोले निर्णायक गोल गरे। साउदी अरेबियामा भएको उपाधि भिडन्तमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोनाल्डोले गरेको एकमात्र गोलनै निर्णायक बनेको थियो ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले मिलालिम पाजनिकको पासलाई आकर्षक हेड मार्फत पोष्टको दिशा दिएका थिए। खेलको ७४ औं मिनेटमा फ्रान्कले रातो कार्ड पाएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो। सुपर कपको उपाधिसँगै युभेन्ट्सले सिजनको पहिलो उपाधि घर भित्र्याएको छ। यस्तै युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जितेको हो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्