Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:४७ बिहान
- ADVERTISEMENT -

२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति: २०७५ माघ २, बुधबार

1234
Shares

काठमाडौं , २ माघ २०७५ । आज २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि. सं १९९० माघ २ गतेको महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरणमा यो दिवस मनाइदै आएको छ ।

भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो। यो पटक भूकम्प सुरक्षासम्बन्धी कार्यक्रममा स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्यले मनाइँदैछ।

भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा छ। नेपालमा हरेक ८० देखि १०० वर्षको अन्तरालमा छदेखि आठ रेक्टर स्केलको भूकम्प जाने गरेको इतिहास छ।

सन् १२५५, १२६०, १३४४, १४०८, १५०५, १६८१, १८६७, १८३३, १८६९ र १९१६ मा पनि ठूला भूकम्पका कारण ठूलै जनधनको क्षति गरेको इतिहासमा पाइन्छ। १९९० सालमा नेपाल, भारत र तिब्बतलाई असर पार्ने गरी गएको आठ रेक्टर स्केलको भूकम्पमा नेपालमा मात्रै आठ हजारको ज्यान गएको थियो। त्यसपछि पनि २०२२, २०३६ र २०४५ मा करिब छ रेक्टर स्केलका भूकम्प गएका।

वि.सं २०६७ असोजमा सालमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको पूर्वी भागमा केही क्षति गर्‍यो। पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको आठ रेक्टर स्केलको भूकम्प र त्यसपछिका परकम्पले सर्वसाधारणमा त्रास उत्पन्न गराएको थियो। नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परी करिब नौ हजार मानिसले जीवन गुमाएका थिए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -