२०८२ चैत २९, आइतबार
८:०१:३६ राति
- ADVERTISEMENT -

युरोपियन युनियनबाट अलग्गिने प्रकृया (ब्रेक्जिट ) सम्बन्धी मस्यौदा बेलायती संसदबाट बहुमतले खारेज

प्रकाशित मिति: २०७५ माघ २, बुधबार

910
Shares

एजेन्सी, २ माघ २०७५ । बेलायती संसदले युरोपियन युनियनबाट अलग्गिने प्रकृया ब्रेक्जिट सम्झौता खारेज गरिदिएको छ ।

ब्रेक्जिटसम्बन्धी प्रधानमन्त्री थेरेसा मेको प्रस्तावमा गएराति बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’मा मतदान भएको थियो, तर भारी बहुमतले प्रस्ताव खारेज भएको बीबीसीले जनाएको छ। ब्रेक्जिटसम्बन्धी प्रस्तावको विपक्षमा ४३२ सांसदले मतदान गरेका थिए भने २०२ सांसदले मात्र समर्थन गरेका छन् ।

प्रधानमन्त्री मे कै पार्टी कन्जरभेटिभ पार्टीका ११८ जना सांसद विपक्षी पार्टीसँग मिलेर ब्रेक्जिट सम्झौताविरुद्ध उभिएका छन् । यद्यपि विपक्षी पार्टीकै तीन सांसदले भने ब्रेक्जिटको पक्षमा मतदान गरे। प्रधानमन्त्री मको ब्रेक्जिट योजनाले पाएको यो ऐतिहासिक हारपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको छ ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदले ब्रेक्जिट सम्झौता खारेज गरेसँगै सरकारले सदनको विश्वास गुमाएको तर्क गरे । उनले सरकारविरुद्ध राखेको अविश्वासको प्रस्तावमा बुधबार बहस हुनेछ। ब्रेक्जिट सम्झौता असफल भएपछि प्रधानमन्त्री मेको राजनीतिक भविष्यमाथि नै प्रश्न उठेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मतदानअघि उनले आफ्नो योजनालाई बचाउन हरसम्भव प्रयास गरेकी थिइन्। मेले अब संसदबाट विश्वासको मत हासिल गरे आगामी सोमबार अर्को मस्यौदा संसदमा पेश गर्न सक्नेछिन्। मेले संसदबाट विश्वासको मत गुमाए अन्य कुनै व्यक्तिले १४ दिनभित्र संसदबाट विश्वास हासिल गर्ने अवसर पाउनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16