- ADVERTISEMENT -

घुससहित कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार पन्थी पक्राउ, छोरी पनि नियन्त्रणमा

January 15, 2019
1251
Shares
- ADVERTISEMENT -

काठमाडौं, माघ १

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टारलाई घुस रकमसहित पक्राउ गरेको छ।

- ADVERTISEMENT -

Advertisement

आयोगको टोलीले एक लाख घुससहित सहायक रजिस्टार गीता पन्थी र उनकी छोरीलाई पक्राउ गरेको हो। रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको कर तिर्नजाँदा कर रकम छुट गरिदिने भन्दै पन्थीले सेवा ग्राहीबाट एक लाख घुसलिन खोजेको भन्ने सूचनाको आधारमा पन्थीलाई घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

पन्थीले घुस रकम आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएकी थिइन्। आमा छोरीलाई काठमाडौं १४ स्थित एनएमबी बैंकको पार्किङबाट सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -