२०८३ वैशाख ८, मंगलबार
४:५६:५६ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणदेखि लिगलिगकोटमा ४० फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो

प्रकाशित मिति: २०७५ पुस २७, शुक्रबार

1375
Shares

काठमाडौँ, पौष २७ गते शुक्रबार । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले २९७ औं पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित समारोहमा सहभागी भई उहाले शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्नुभयो । सोही अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो ।

त्यसैगरी, ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाल लगायतका सङ्घसंस्थाले बाजागाजासहितको र्‍यालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो । र्‍यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौं तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए ।

त्यसैगरी, गोरखामा पनि पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस धुमधामले मनाइएको छ । गणतन्त्र पश्चात एकता दिवस मनाउनेहरु कमै हुने गरे पनि यस पटक भने सहभागीहरु धेरै थिए ।

जिल्लाका नागरिक समाजको अगुवाइमा भएको कार्यक्रमका सहभागीहरुले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको कदर गरेका थिए । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा संग्रहलयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

सोही अवसरमा “मध्य पहाडी व्यापारिक पर्यटकीय शहर, सुन्दर, समुन्नत र समृद्ध हाम्रो लिगलिग पालुङटार” भन्ने मूल नाराका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सु-अवसरमा पालुङटार नगरपालिका-२ स्थित ऐतिहासिक भुमि, सांस्कृतिक धरोहर आधुनिक नेपालको उद्गमस्थल लिगलिगकोटमा नेपालकै ठुलो झन्डा मध्यको एक ४० फिट अग्लो राष्ट्रिय झन्डा फ़हराइएको छ । पालुङटार नगरपालिका नगर प्रमुख ई.दीपक बाबु कंडेलको शुभ साइतमा पुजा आज गरेर औपचारिक कार्यक्रमका बीच झण्डात्तोलन कार्यक्रम सम्पन भएको थियो ।

कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दीपक बाबु कंडेलले समग्र पालुङटार नगरपालिका बनाउने ऐतिहासिक धरोहर लिगलिगकोटको सम्रक्ष मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्दै जनताका आर्थिक क्रियाकलापहरुमा अभिबृदि गर्दै समुन्नत, समृद्ध पालुङटार नगरपालिका बनाउन सकिन्छ र यस झण्डा राख्नुले थप पर्यटन विकास तथा लिगलिगकोट चिनाउनलाई कोशेढुंगा  हुने कुरा ब्यक्त गर्नु भयो ।

तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । शाह १७९९ चैतमा गोरखाको राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो ।

उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरूले पश्चिमतिर सिमाना बढाएका थिए । शाहका कान्छा छोरा बहादुर शाहको पालामा नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि १८७२ सम्म वर्तमान भूभागमा सीमित हुन पुगेको थियो ।

सोही अवसरमा नेपाली सेनाको बैण्डस हितको टुकडीले सम्मान अर्पण गरेको थियो । वि सं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81