२०८३ वैशाख ६, आइतबार
११:४२:५७ राति
- ADVERTISEMENT -

२५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएर लागू भएसँगै सिधा हवाई उडान थप

प्रकाशित मिति: २०७५ पुस २५, बुधबार

993
Shares

काठमाडौं, २५ पौष २०७५ । नेपाल र जापानबीच असार १४ मा पुनरावलाेकन भएकाे हवाई सम्झाैता आजदेखि लागू भएकाे छ।

दुई देशका पराराष्ट्र मन्त्रीहरूले कुटनीतिक नाेट एक्सचेन्ज गरेसँगै समझदारी लागू भएकाे हाे।

आज काठमाडौंमा आयाेजित समाराेहबीच परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी कोनोबीच उक्त नाेट हस्तान्तरण भएकाे हाे ।

२५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएर लागू भएसँगै सिधा हवाई उडान थप हुने भएको छ ।

१९९३ मा पहिलोपटक जापानसँग सम्झौता भएको थियो। असारमा नेपाल र जापानबीच भएको हवाई सेवासम्वन्धी समझदारीको १.३ अनुसार नयाँ रुट सेडुअल एक्सचेन्ज डिप्लाेम्याटिक नाेट्स पश्चात् प्रभावकारी हुने व्यवस्था थियाे ।

तर याे यसले उडान संचालनको अनुमति प्राप्त गर्न र उडान संचालन गर्न बाधा नपर्ने समझदारीको १.४ बुँदामा रहेकाे स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएकाे छ ।

नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन् ।

यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउथे। नयाँ सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ ।

अबदेखि नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् ।

नेपालले लामो समयदेखि जापानका विभिन्न सहरमा उडान गर्न पाउनुपर्ने र त्यसका लागि हप्तामा १४ उडान हुनुपर्ने अडान लिएको थियो। तर जापान भने हप्तामा ७ सम्म दिन सकिने अडानमा रहँदै आएको थियो।

जापानबाट काठमाडौं प्रत्यक्ष हवाई सम्पर्क छैन। यसअघि नेपाल एयरलाइन्सले चीनको सांघाईबाट ओसाकामा उडान गरेपनि जहाज अभाव कारण बन्द भएको थियो।

प्रत्यक्ष हवाई सम्पर्क नहुँदा जापानबाट नेपाल आउन हवाई भाडा धेरै महँगो भएको गुनासो आउने गरेको छ। नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। सम्झाैता भएपनि कतिपय देशहरूले नेपाली एयरलाइन्सलाई उडान अनुमति दिन आनाकानी गरिरहेका छन्। भारतले हिमालय एयरलाइन्सलाई लामो समयदेखि नयाँ दिल्ली उड्न दिएको छैन। त्यस्तै चीनले नेपाल एयरलाइन्सलाई दिएको छैन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98