२०८३ वैशाख ८, मंगलबार
४:२६:०९ दिउँसो
- ADVERTISEMENT -

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

प्रकाशित मिति: २०७५ पुस २४, मंगलबार

1138
Shares

काठमाडौं, २४ पौष २०७५ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करी जस्तो गम्भिर आरोप लागेकी शेर्पालाई परराष्ट्र मन्त्रालयको छानविन समितिको सिफारिसमा सरकारले हटाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको छ । नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो । राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए ।

राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि अटेरी गरेपछि उनी बर्खास्तमा परेको बताइएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले शेर्पालाई तत्कालीन माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81