गोर्खा, २४ पौष २०७५ । सिरानचोक गाउँपालिकाले बिद्यालय स्तरिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सिरानचोक गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सन्सारी महेन्द्र माबि गाेरखाकाे सहयोगमा सन्सारी बिद्यालय नजिकै पौष २७ र २८ गते प्रतियोगिता हुने भएको हो ।

२१ वटा बिधालय सहभागी रहने उक्त प्रतियोगितामा करिब २५० जना खेलाडी सहभागिता हुनेछन् । विभिन्न खेल सहित २३ वटा विधामा खेलकुद प्रतियोगिता रहने उक्त प्रतियोगितामा आधारभूत तह ९६ देखि ८ कक्षा, मा बि तह ९ र १० कक्षा, मा बि तह ११ र १२ कक्षाबाट सहभागी खेलाडीलाई मायाको चिनो स्वरुप कप वितरण गरिने छ ।

हरेक खेलमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिलाई स्वर्ण रजत र कास्य सहित सम्मान गरिने ज्ञानेन्द्र पोख्रेलले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्