- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापान पठाउँदा छनौट प्रक्रिया पारदर्शी बनाउन मन्त्री विष्टकाे आग्रह

January 7, 2019
1288
Shares
- ADVERTISEMENT -

काठमाडाैं , २३ पौष २०७५ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली कामदार जापान पठाउँदा भर्ना तथा छनौट प्रक्रियालाई पारदर्शी तथा भरपर्दो बनाउन आग्रह गरेका छन् ।

आज सोमबार जापानका राजदुत मासामिची साइगोसँगको भेटवार्ताका क्रममा मन्त्री विष्टले कामदारको योग्यता, क्षमता, सीप र दक्षताको आधारमा छनौट प्रक्रिया प्रतिष्पर्धात्मक र पारदर्शी बनाउनु पर्नेमा जोड दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कामदारलाई समेत जापान लैजान जापान सरकारको निर्णयको स्वागत गर्दै मन्त्री विष्टले नेपाली कामदार जापान जाँदा बिचौलीयाको ठगीमा नपरुन् भन्ने विषयमा सरकार सजग रहेको बताउनु भयो ।

भेटका क्रममा जापानका राजदुत मासामिचीले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिष्पर्धात्मक तरीकाले जापान पठाउने विषयमा जापान सरकार सकरात्मक रहेको बताए। उनले चाँडै यस विषयमा छलफलका लागि जापानबाट एक प्राविधिक समूह नेपाल आउने र नोपली प्राविधिक समूहसँग छलफल गरी दुवै देशको हित अनुकुल हुने गरी कामदार पठाइने बताका छन ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -