काठमाडौँ, २३ पौष २०७५ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी विमान खरिदमा भएको अनियमितताको विषयमा आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्ने भएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन भोलि (सोमवार) विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरीदबारे छानबिन गर्न बनाएको उपसमितिले बहालवाला उड्डयनमन्त्री अधिकारी सहितका पदाधिकारीको संलग्नता रहेको प्रतिवेदन समितिमा बुझाएपछि मन्त्रालयले धारणा सार्वजनिक गर्न लागिएको हो।

भोलि नै ११ बजे सार्वजनिक लेखा समिति बैठक रहेको र सो बैठकमा मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्