काठमाडौं, २३ पौष २०७५ । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे उठेका समसामयिक विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले स्पष्टीकरण दिने भएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरीदबारे छानबिन गर्न बनाएको उपसमितिले बहालवाला उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितका पदाधिकारीको संलग्नता रहेको प्रतिवेदन समितिमा बुझाएपछि मन्त्रालय धारणा सार्वजनिक गर्न लागिएको हो ।

उपसमितिले प्रतिवेदन बुझाएपछि मन्त्री अधिकारीले पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिन लागेका हुन् ।

पुस २३ गते बिहान १० बजे मन्त्री रवीन्द्र अधिकारी, मन्त्रालयका सचिव र सम्बद्ध अधिकारीसहित पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने मन्त्रालयले बताएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्