- ADVERTISEMENT -

बाबुराम भट्टराईले बहालवाला मन्त्री रविन्द्र अधिकारीलगायतलाई इंगित गर्दै नैतिकता भए राजीनामा दिन चुनौती

January 3, 2019
1369
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ पौष २०७५ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले बहालवाला मन्त्री रविन्द्र अधिकारीलगायतलाई इंगित गर्दै नैतिकता भए राजीनामा दिन चुनौती दिएका छन् । उनले सामाजिक संजालमा भनेका छन्, ‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको !’

यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि छोपिन्न ! सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो ! त्यसपछि त‘ ! नैतिकता हुनेले राजीनामा दिउन्स नहुनेहरू गलहत्याइयून् ! जो मर्जी !’

- ADVERTISEMENT -

Advertisement

नेपाल वायुसेवा निगमले भित्र्याएका दुइटा वाइड बडी विमानको विवाद उत्कर्षमा पुगेको छ । वाइडबडी प्रकरणको छानविन गर्न गठित संसदीय लेखा समितिअन्तर्गतको उपसमितिले बुधबार बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव तथा दुई सचिव र वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतका अधिकारीहरुलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरेको छ ।

नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेपछि यसबारे तर्क(वितर्क र बहस सुरु भएको छ । सामाजिक सञ्जालका प्रयोगकर्तादेखि राजनीतिक नेताहरुले धारणाहरु बनाउने क्रम जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -