२०८३ वैशाख ८, मंगलबार
४:२८:४५ दिउँसो
- ADVERTISEMENT -

‘नेपाली टोपी दिवस’ मनाइयाे

प्रकाशित मिति: २०७५ पुस १७, मंगलबार

1541
Shares

काठमाडौँ, १७ पौष २०७५ । ‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।

बिहान माइतीघर मण्डलामा भेला भएका युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।

प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि बृद्धहरु र कलाकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञसम्मकाे उपस्थित थियो । प्रभातफेरीमा सहभागिहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो ।

टोपी दिवसका अवसरमा अहिले सम्मकै ठूलो नेपाली टोपी समेत प्रदर्शन गरिएकाे थियाे । कार्यक्रममा उपस्थित भएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना गर्नु सबैको दायित्व भएको बताए । समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरे ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अाफूहरुले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएकाे संयाेजक श्रेष्ठले बताए ।

‘विश्वमा हरेक मुलुकको आ-आफ्नो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौं, ‘उनले भने, ‘त्यसका लागि हामीले विगत ५ वर्षदेखि विभिन्न अभियानहरु संचालन गर्दै आईरहेका छाैँ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती सबै टोपीहरुको संरक्षण र प्रवद्र्धनमा समेत ध्यान दिन पनि उनले सरकारसँग माग गरे ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81