२०८२ चैत २७, शुक्रबार
८:४२:५६ बिहान
- ADVERTISEMENT -

कर्मचारीलाई बाटो खुला

प्रकाशित मिति: २०७५ पुस १५, आइतबार

887
Shares

काठमाडौँ, पुस १५ गते । नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि करिब एक लाख ३५ हजार दरबन्दीको विवरण सार्वजनिक गरेको छ । यो विवरण सार्वजनिक भएसँगै समायोजनमा जान चाहने कर्मचारीका लागि कहाँ जाने हो, रोज्न बाटो खुला भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार, संघमा करिब ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय तहमा ६७ हजार ७५० कुल दरबन्दीको विवरण मन्त्रालयको वेभसाइटमार्फत् सार्वजनिक गरिएको छ ।

सङ्घमा मुख्य सचिव एक, सचिव ५५, सहसचिव प्रशासन २५७ कायम भएको छ भने अन्य कानुन, सरकारी वकिल, इन्जिनियरको पनि दरबन्दी यकिन भएको छ । यसैगरी, उपसचिव, शाखा अधिकृतलगायत सबै पद र तहको दरबन्दी सार्वजनिक भएको छ ।

सातवटै प्रदेशमा रहने कर्मचारीको दरबन्दीको विवरणसमेत राखिएको छ । यसैगरी, स्थानीय तहमा पशु र कृषि संरचनामा सबैभन्दा बढी सात हजार ७२४ र स्वास्थ्यतर्फ कुल दरबन्दी २५ हजार ७६४ दरबन्दी रहेको छ ।

सचिव थपलियाले समायोजनमा जान चाहने कर्मचारीले आफूलाई कहाँ जाने हो भनेर रोज्नलाई बाटो खुलेको बताउनुभयो । यो विवरणअनुसार कर्मचारीको समायोजन भइसकेपछि बाँकी रहेको दरबन्दीमा लोक सेवा आयोगमार्फत खुला विज्ञापन गरिने छ ।
समायोजनमा बाँकी रहेका दरबन्दी संघ, प्रदेश र स्थानीय तह जहाँ बाँकी रहन्छ, त्यहीँका लागि खुला विज्ञापन हुने व्यवस्था छ । प्रदेश लोक सेवा आयोगको गठनपछि प्रदेशहरूबाटै खुला विज्ञापन हुने छ । दरबन्दी रिक्त हुने वित्तिकै लोकसेवा आयोगमार्फत सम्बन्धित प्रदेशबाटै पदपूर्तिको प्रक्रिया अगाडि बढ्ने भएकाले भविष्यमा भने कर्मचारीको समस्या नहुने विश्वास मन्त्रालयको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.96
148.56
EUR
European Euro
1
172.82
173.53
GBP
UK Pound Sterling
1
198.45
199.26
CHF
Swiss Franc
1
187.05
187.81
AUD
Australian Dollar
1
104.13
104.55
CAD
Canadian Dollar
1
106.86
107.29
SGD
Singapore Dollar
1
116.07
116.54
JPY
Japanese Yen
10
9.31
9.35
CNY
Chinese Yuan
1
21.64
21.72
SAR
Saudi Arabian Riyal
1
39.43
39.59
QAR
Qatari Riyal
1
40.58
40.75
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
37.15
37.30
KRW
South Korean Won
100
9.99
10.03
SEK
Swedish Kroner
1
15.88
15.95
DKK
Danish Kroner
1
23.13
23.22
HKD
Hong Kong Dollar
1
18.89
18.96
KWD
Kuwaity Dinar
1
482.74
484.70
BHD
Bahrain Dinar
1
392.21
393.80
OMR
Omani Rial
1
384.31
385.87