काठमाडौं, १३ पौष २०७५ । लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित उनकै निवासमा निधन भएको हो ।

उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । उनको उपचारमा सहयोग गरिरहेको विनयजंग बस्नेतले लामिछानेको शुक्रबार निधन भएको पुष्टि गरे ।

सहयोगी बस्नेतका अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछानेका २ छोरा रहेका छन् । स्व.लमिछानेका घाँसै काट्ने खुर्केर लगायतका लोकगीतहरु चर्चित छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्