- ADVERTISEMENT -

धरहराको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘टुप्पोमा बसेर काठमाडौं हेर्ने धोको छ’

December 27, 2018
1290
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १२ पौष २०७५ । भूकम्प गएको ४४ महिनापछि बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरिएको छ । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
धरहराको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पुनःनिर्माणको काम शुरु भयो । अब कुनै शंका उपशंका गर्नु पर्दैन् ।’

प्रधानमन्त्री ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई बर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरेका छन् ।
‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।’ २०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुने छ । प्रधानमन्त्री ओलीले धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -