Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
११:३६:५४ बिहान
- ADVERTISEMENT -

भूकम्प जानु २० सेकेन्ड अघिनै सूचना दिने प्रणालीको विकास

प्रकाशित मिति: २०७५ पुस १२, बिहीबार

1101
Shares

गोदावरी, १२ पौष २०७५ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्ड अगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए ।

‘सेन्सर जडान भएका हरेक स्थानका मानिसमा भूकम्पको सूचना प्रवाह गरिन्छ’, ढकालले भने, ‘नाष्टले हरेक १५ किलोमिटर दूरीमा नेपालको मध्यभागमा पर्ने कास्की र भैरहवाको ८० वटा स्थानमा भूकम्प मापन प्रणाली सेन्सर जडान गरिसकेको छ ।’

भूकम्प आउनु पूर्व सेन्सरमा तरङ्ग आउँछ । पहिलो तरङ्ग आएको २० सेकेन्डमा दोस्रो तरङ्ग आउने क्रममा मानिसलाई यसको जोखिमबाट बचाउन सकिन्छ । काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प आउँदा भूकम्प पूर्वसूचना प्रणालीले जानकारी दिएता पनि मानिसलाई तत्काल नजिकै पर्ने जोखिमका बारेमा बताउन नभ्याइने ढकालले जानकारी दिए ।

यस सूचना प्रणालीको सुविधा स्मार्ट फोन र मोबाइल एप्समा प्रत्यक्ष दिन नाष्टले नेपाल टेलिकम र एनसेलका प्रमुखसँग छलफल अघि बढाएको थियो । ढकालले भने, ‘नेपाल टेलिकम र एनसेलका प्रमुखले नाष्टको योजनालाई समर्थन गरेता पनि आर्थिक सहयोग गर्र्ने प्रतिबद्धता प्राप्त भएको छैन।’

चाइनिज लाइफ इन्सुरेन्स कम्पनीले यस सूचना प्रणालीको विकास गरेको हो । यस प्रणालीले चिनियाँ भाषामा सूचना दिने गर्छ । नाष्टले नेपालमा भित्र्याउन लागेको यस सूचना प्रणालीलाई अङ्ग्रेजी भाषामा रूपान्तरण गर्न चिनियाँ कम्पनीसँग आग्रह गरेको ढकालले बताए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -