काठमाडौं, पुष १०

विश्व शारिरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडिबिल्डर महेश्वर महर्जनको आज स्वदेश फर्किएका छन् । उनको विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

थाईल्याण्डको चाङमईमा भएको १० औ विश्व च्याम्पियनसिपमा स्वर्ण जितेर नेपाल फर्किएका महर्जनलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा खेल पदाधिकारी तथा शुभचिन्तकले भब्य स्वागत गरेका हुन् । पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफु निकै भावनात्मक बनेको प्रतिक्रिया दिनुभयो । पदक जित्दै गर्दा आशझरेको तस्विर भाइरल भएको महर्जनको भनाई थियो, ‘बिदेशी भुमिमा एक्लो भएर हर्षका आँशु आएको हो ।’

बडिबिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफुले ७–८ लाख खर्च गरेको बताउनु भयो । ‘बिजेता हुदाँ जति खुसी भएको थिए । यहाँ आउदाँ त्यो भन्दा बढी खुसी भएको छु ।’ महर्जनको भनाई छ । च्याम्पियनसिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।

विमानस्थलमा महर्जनलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्