२०८३ वैशाख ८, मंगलबार
३:२०:४३ दिउँसो
- ADVERTISEMENT -

काठमाडौं महानगर र ट्राफिककको सही काम

प्रकाशित मिति: २०७५ पुस ९, सोमबार

877
Shares

काठमाडौं, ९ पौष २०७५ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमबाट ट्राफिक जाम निकै कम भएको जनाएको छ । टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट लगायतका स्थानमा शुरु गरेको उक्त कार्यक्रम प्रभावकारी हुँदा यात्रु र चालक दुवैलाई फाइदा पुगेको छ ।

आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने हुँदा यी समस्याको समाधान हुँदा प्रभावकारिता बढेको हो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार काठमाडौँको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको हो ।

कार्यक्रम प्रभावकारी हुँदा जमल, त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायतका स्थानमा सवारी जाम नभएको पनि महानगरको भनाइ छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारवाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको पनि महानगरले बताएको छ ।

बनेपा, भक्तपुर, नागढुङ्गा, चोभार जाने लामो दूरीका बस लामो समयसम्म यात्रुको पखाईमा रोकेर बस्दा ‘पिक एण्ड ड्रप’ कार्यक्रमलाई केही समस्या बनाएको छ ।

पूर्णरूपमा यस कार्यक्रम प्रभावकारी बनाउन महानगरले केही स्थानमा मात्रै नभई कामपाको अन्य स्थान र अरु नगरपालिका र महानगरको सहकार्यमा यस कार्यक्रमलाई काठमाडौँ उपत्यकाभरि नै फैलाउनपर्ने यात्रुको भनाइ छ ।

हरेक दिन नागढुङ्गादेखि आएर न्यूरोडको एक कार्यालयमा काम गर्ने शान्ता अधिकारीले भन्नुभयो, “काठमाडौँको जामको समस्या कम गर्ने हो भने केही स्थानमा मात्रै कार्यक्रम ल्याएर पुग्दैन, उपत्यकाभरि नै यस्ता कार्यक्रमलाई विस्तार गर्न आवश्यक छ ।”

उहाँका अनुसार सबै स्थानमा व्यवस्थापन नहुने हो भने एक स्थानको समस्या अर्कै स्थानमा थुप्रर्ने गर्छ, अनि समस्या ज्युँ का त्युँ रहन्छ ।

यात्रुको यस्तो गुनासो भइरहेका बेला कामपाको प्रमुख विद्यासुन्दर शाक्यले भने पहिलो चरणमा मात्रै केही स्थानमा कार्यक्रम शुरु गरेको र अबको केही महीनाभित्रै नागरिकको भावनाअनुरूप अन्य स्थानीय निकायसँगको सहकार्यमा उपत्यकाव्यापी बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक शुरु गरेको कार्यक्रम भएकाले एक÷दुई महीना यसको प्रभावकारिता हेरी अन्य स्थानमा विस्तार गर्न कामपा सक्रिय छ ।”

काठमाडौँमा कलङ्की, बालाजुचोक, चावहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर थापाथलीलगायतका स्थानमा आवतजावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन । हरेक दिन घण्टाँै जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन् ।

त्यति मात्रै कहाँ हो र धेरै स्थानमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन ।

गत साउनमै कामपाले आठ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि उक्त कार्यले अहिलेसम्म गति लिन सकेको छैन । कामपाले चालू आव २०७५र७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ ।

कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।
रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81