काठमाडौं,७ पौष २०७५ । काठमाडौंको सुन्दरीजलस्थित विपी संग्राहलयमा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक निर्माण गरिएको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले सुन्दरीजलस्थित विपी संग्राहलयमा निर्माण गरिएको पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका तत्कालीन सभापति स्वर्गीय सन्त नेता भट्टराईको पूर्ण कदको शालिक अनावरण गर्नु भएको हो । सन्त नेता भट्टराईको ९५ औं जन्मजयन्तिको अवसर पारेर शनिबार ढलौटले निर्माण गरिएको पूर्ण कदको शालिकको अनावरण गरिएको छ ।

त्यस अवसरमा बोल्दै सभापति देउवाले पार्टीका संस्थापक नेता विपी कोइराला, सन्त नेता भट्टराई, गणेशमान सिंहसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरुको पनि सोही संग्राहलय परिसरमा शालिक बनाउने घोषणा गर्दै सबैलाई तन, मन र धनले सहयोग गर्न आग्रह पनि गर्नु भयो । उहाँले विपी संग्राहलय नेपालको मात्रै नभएर लोकतान्त्रिक मुलुकहरुका लागि दर्शनीय स्थल रहेकोे उल्लेख गर्दै त्यसको पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

सभापति देउवाले २००७ साल देखिनै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनु भएका स्वर्गीय नेताहरु विपी कोइराला, गणेशमान सिंह र भट्टराईले नेपालको राजनीतिक आन्दोलनमा खेल्नु भएको भूमिकाको पनि चर्चा गर्नु भएको थियो । विपी संग्राहलयमा विपी कोइराला, गणेशमान सिंहको यस अघि नै शालिक निर्माण गरिएको थियो । अव विपी, गणेशमान र भट्टराईसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरुको पनि शालिक बनाउने काँग्रेसको योजना छ । सभापति देउवाले विपी संग्राहलय काँग्रेसका लागि पवित्र स्थल भएको पनि उल्लेख गर्नु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्