काठमाडौं, पुष ६

बिग ब्याश लिग(बीबीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले शानदार शुरुवात गरेका छन् । पहिलो खेलमै दुई विकेट लिएपनि उनको टोली भने पराजित भएको छ ।

मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले चार ओभरमा दुई विकेट लिँदै ३६ रन दिए । आठौं ओभर लिएर बीबीएलमा डेब्यु गरेका सन्दिपले पहिलो ओभरमै दुई विकेट लिए । आफ्नो दोस्रो बलमा सन्दिपले विश्व प्रसिद्ध ब्याट्सम्यान शेन वाट्सनलाई निक लार्किनबाट क्याच आउट गराएका थिए । वाट्सनले १९ बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाएका थिए ।

त्यसै ओभरको अन्तिम बलमा सन्दिपले क्यालम फर्गुसनलाई पेभेलियनको बाटो देखाए । फर्गुसनलाई उनले कट एण्ड बोल्ड गरेका थिए । आफ्नो दोस्रो ओभरमा सन्दीपले जम्मा ६ रन दिए । यसअघिको ओभरमा उनले तीन रन दिएका थिए । तेस्रो ओभरमा सन्दीपले १३ रन दिए । तर अन्तिम ओभरमा सन्दीप निकै महँगो पर्न पुगे । उनको बलमा जेसन साङ्गाले दुई छक्कासहित १३ रन लिए भने अन्तिम बलमा डेनियल स्याम्सले एक रन लिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्