Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
१०:१२:३३ राति
- ADVERTISEMENT -

संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले अल्पकालीन खर्च विधेयकलाई स्वीकृत

प्रकाशित मिति: २०७५ पुस ६, शुक्रबार

1135
Shares

वासिङटन, पुस ६

संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गर्नुभएको बजेटलाई भने समेटिएको छैन ।

सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले सरकारको दैनिक कार्यसञ्चालनका लागि बजेट स्वीकृत भएको जानकारी दिनुभयो । बजेट स्वीकृत भएसँगै सङ्घीय सरकारी कार्यालयहरु बन्द हुने परिस्थितिबाट जोगिएका छन् ।

यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित हुन आवश्यक छ, र यसमा दुबै पार्टी रिपब्लीकन र डेमोक्रेटबीच सहमति भएको छ । दुबै सदनबाट पारित हुने उक्त बजेटमा शुक्रबार मध्यराति राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुहुनेछ ।

रिपब्लीकन र डेमोक्राटिक पार्टीका नेताहरुले बुधबार राष्ट्रपति ट्रम्पको विवादास्पद अमेरिका–मेक्सिको पर्खाल निर्माणका बारेमा अहिल्यै निर्णय नगर्ने सहमति भएसँगै बजेट अनुमोदन भएको थियो ।

“सिनेटमा हाम्रा रिपब्लीकन साथीहरुले बेलैमा सही निर्णय गर्नु भएको छ, र सङ्घीय सरकारी सेवा ठप्प हुनबाट जोगिएको छ । संसदका दुबै सदनबाट यो बिधेयक पारित हुने कुनै सम्भावना नै थिएन, र आमजनता पनि यसको विपक्षमा छन्,” सिनेटमा डेमाक्राटिक पार्टीका नेता चक सुमरले बताउनुभयो ।

ह्वाइट हाउसका सहयोगीहरुले राष्ट्रपति ट्रम्पले संशोधित विधेयकलाई नै स्वीकृत गर्ने जानकारी दिएका छन् ।

तर राष्ट्रपति ट्रम्पका निम्ति यसलाई पराजयको रुपमा लिइएको छ, किनभने उहाँले पर्खाल निर्माणका लागि पाँच अर्ब डलर तत्काल जरुरी भएको बताउँदै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पको विचारमा पर्खाल निर्माणले अवैध आप्रवासनलाई रोक्न ठूलो मद्दत गर्नेछ । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -