- ADVERTISEMENT -

उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगे ओबामा

December 20, 2018
1302
Shares
- ADVERTISEMENT -

५ पौष २०७५ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन् ।

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए ।

- ADVERTISEMENT -

Advertisement

ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे ।

त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएको सार्वजनिक भएको छ ।

बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए ।

बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -