२०८२ चैत २७, शुक्रबार
२:३०:१८ दिउँसो
- ADVERTISEMENT -

२१ नगरपालिकामा १६ अर्ब लगानी गर्दै विश्व बैंक

प्रकाशित मिति: २०७५ पुस ४, बुधबार

928
Shares

४ पौष २०७५ । बाग्लुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।

विश्व बैंकले ‘सहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बाग्लुङलगायत देशभरका २१ वटा नगरपालिकामा करिब १६ अर्ब रुपैयाँ लगानी गर्न लागेको बाग्लुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

यसका लागि आयोजनाले केही दिनअघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामबारे जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ । पौडेलका अनुसार गण्डकी प्रदेशका बाग्लुङलगायत तनहुँको शुक्लागण्डकी, व्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनका लागि छनोटमा परेका छन् । आयोजनाले सूचक तय गरी बजेट बाँडफाँड गर्दा प्रतिनगरपालिका करिब रु. ७०–८० करोडको बजेट प्राप्त गर्न सक्ने नगरप्रमुख पौडेलले बताए ।

बाग्लुङ नगरपालिकाको रिङरोडको रूपमा परिचित सडक यही आयोजनाको पहिलो चरणमा निर्माण भएको थियो । आयोजनाबाट प्राप्त हुने बजेट नगरपालिकाका गौरवका आयोजनामा खर्च गर्न सक्ने नगरप्रमुख पौडेलले बताए ।

विश्व बैंकमार्फत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकमलाई हरेक नगरपालिकाको जनसंख्या, क्षेत्रफल, पूर्वाधारको अवस्था, लागतलगायतका सूचक राखेर बजेट बाँडफाँड गरिने आयोजनाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.96
148.56
EUR
European Euro
1
172.82
173.53
GBP
UK Pound Sterling
1
198.45
199.26
CHF
Swiss Franc
1
187.05
187.81
AUD
Australian Dollar
1
104.13
104.55
CAD
Canadian Dollar
1
106.86
107.29
SGD
Singapore Dollar
1
116.07
116.54
JPY
Japanese Yen
10
9.31
9.35
CNY
Chinese Yuan
1
21.64
21.72
SAR
Saudi Arabian Riyal
1
39.43
39.59
QAR
Qatari Riyal
1
40.58
40.75
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
37.15
37.30
KRW
South Korean Won
100
9.99
10.03
SEK
Swedish Kroner
1
15.88
15.95
DKK
Danish Kroner
1
23.13
23.22
HKD
Hong Kong Dollar
1
18.89
18.96
KWD
Kuwaity Dinar
1
482.74
484.70
BHD
Bahrain Dinar
1
392.21
393.80
OMR
Omani Rial
1
384.31
385.87