२०८३ वैशाख ७, सोमबार
१२:०६:२९ राति
- ADVERTISEMENT -

पाच वर्षका लागि एनएमबी बैंकले व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गर्ने

प्रकाशित मिति: २०७५ पुस २, सोमबार

1490
Shares

काठमाडौं, २ पौष २०७५ । नेपाल सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुसार बैंकले विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उधमका लागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबी बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबी सहुलिययतपूर्ण कर्जा” आजदेखि संचालनमा ल्याएको छ ।

एनएमबी बैंकले ८ वटा व्यासायलाई लक्षित गर्दै बिना धितो व्यावसायिक योजनाका आधारमा ३ लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ ।

१५ सय अर्ब रुपैयाँको आयात हुँदा एक सय अर्ब रुपैयाँ पनि निर्यात नहुँदा देशमा व्यापार घाटा चुलिएको बताउँदै उनले आफ्नोतर्फबाट योगदान पुर्याउन कृषि क्षेत्रमा लगानी बिस्तार गर्न खोजिएको र बैंकले देशको आर्थिक विकास तथा व्यापार घाटा कम गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या आयात कम नहुन्जेल समाधान नहुने भन्दै उनले रेमिट्यान्सको पैसा जबसम्म विलासिताका क्षेत्रमा खर्च हुन्छ तबसम्म बचत नहुने र यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्ने उनले उल्लेख गर्नुभयो । बैंकले व्यवसायिक कृषि तथा पशुपन्छीका लागि एक जनालाई १० लाख रुपैयाँसम्मको ऋण दिने छ ।

शिक्षित युवा स्वरोजगारका लागि ७ लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट फर्किएकाको युवा परियोजनामा १० लाख रुपैयाँसम्म, दलित समुदायको व्यवसाय विकासका लागि १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लागि ५ लाख रुपैयाँसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँसम्म र महिला उद्यमशिलताका लागि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने जानकारी दिनुभयो ।

यसैगरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले “एनएमबी सहारा बचत खाता” अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोग र दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने गोबिन्द ज्ञावलीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98