२०८३ वैशाख ८, मंगलबार
४:५४:३९ दिउँसो
- ADVERTISEMENT -

गोरखा अस्पतालको फोहर व्यवस्थापनमा समस्या

प्रकाशित मिति: २०७५ मंसिर २९, शनिबार

1290
Shares

गोरखा, २९ मङ्सिर २०७५ । गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा आइपुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाँडामा चिन्ह नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका निर्देशक महेश नकर्मीले बताए । अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पार्ने निष्कर्ष अध्ययनले निकालेको छ ।

अध्ययनपछि प्रतिवेदन सार्वजनिक कार्यक्रममा निर्देशक नर्कमीले भने, “गोरखा अस्पतालबाट दैनिक करीब ५० किलो फोहर निस्किने भए पनि त्यसको उचित व्यवस्थापन गर्न अस्पतालले सकिरहेको छैन ।” उनले अस्पतालबाट निस्कने फोहरको न्यूनीकरणमात्रै नभएर व्यवस्थापन पनि राम्रो हुनुपर्नेमा जोड दिए । “यसका लागि अस्पतालले फोहर न्यूनीकरण नीति ल्याउनु आवश्यक छ”, निर्देशक नर्कमीले भने, “दीर्घकालीनरुपमा व्यवस्थापन गर्न सजिलो हुनेछ ।”

अहिलेको तुलनामा केही वर्षपछि निस्कने फोहरको मात्रा बढी हुने भएकाले अहिलेदेखि नै पछिका लागि सोच्न नसके केही वर्षमा थप धेरै जटिल सिर्जना हुनसक्ने उनको तर्क छ । “१० दिनसम्म अस्पतालमै बसेर हामीले अध्ययन गर्यो”, निर्देशक नकर्मीले भने , “अस्पतालका फोहर फाल्ने बाल्टिनसमेत उचित ठाउँमा राखिएको रहेछन्, कतिपय त आफू बस्ने टेबलमुनि समेत राखेको पाइयो जुन फोहर व्यवस्थापनका हिसाबले राम्रो मानिँदैन ।”

त्यस्तै ७० प्रतिशतभन्दा बढी फोहर फ्याँक्ने बाल्टिनमा कुनै सङ्केसमेत नभएको पाइएको निर्देशक नकर्मीले जानकारी दिए । ९५ प्रतिशतभन्दा बढी सिसा, कागज, प्लाष्टिक सबै एकै ठाउँमा मिसाएर फ्याँक्ने गरेकाले अस्पतालले पछि पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने फोहर छुट्याउन चाहे पनि अप्ठ्यारो हुने उनको भनाइ छ ।

अस्पतालबाट निस्कने फोहरमध्ये सुई बढी प्रयोग भएको र त्यसलाई व्यवस्थापन गर्दा सुरक्षित सुईको नियम पनि लागू भएको पाइएको प्रतिवेदनमा जनाइएको छ । अस्पतालमा डम्पिङसाइडको पनि उचित व्यवस्थापन नभएको, सरसफाइको काम गर्ने कर्मचारीले सरसफाइ गर्दा सुरक्षित सामग्रीको प्रयोगसमेत नगर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययनपछि संस्थाले जिल्ला अस्पतालको फोहर व्यवस्थापनका लागि तत्काल एउटा घर निर्माण गर्न सुझाव दिएको छ । घर निर्माण भए अस्पतालबाट निस्कने ९० प्रतिशत फोहर पुर्नप्रयोग गर्न सकिने उनले बताए । गोरखा नगरपालिकासँगको समन्वयमा अस्पतालबाट निस्कने फोहरको अध्ययन गरेको संस्थाले फोहर व्यवस्थापनका लागि समयसमयमा निरीक्षण गर्नुपर्ने सुझावसमेत दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81