२०८२ चैत २९, आइतबार
७:४३:५२ बेलुका
- ADVERTISEMENT -

ब्रिटिश प्रधानमन्त्री टरिजा मे अविश्वास प्रस्ताव: ६३ प्रतिशत मतसहित मेको जित

प्रकाशित मिति: २०७५ मंसिर २७, बिहीबार

1263
Shares

एजेन्सी, २७ मङ्सिर २०७५ । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले संसद्‌मा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गरेकी छन्।

उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् र अब एक वर्ष सम्म उनलाई कसैले चुनौती दिन नसक्ने सहमति भएको बताइएको छ ।

जित पछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर्न आग्रह गरिन् ।

संसदमा भएको मतदानमा उनको दलका २०० सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए पनि उनको विपक्षमा ११७ मत परेको थियो ।

अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ। एउटा त्यस्तो ब्रेक्जिट जसले हामीलाई हाम्रो पैसा, हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ ।

उनले बुधवार पूरै दिन आफ्ना सांसद तथा सहकर्मीहरूलाई आउने मार्चमा ब्रिटेन ईयूबाट अलग हुने बेला आएकोले अहिले नेतृत्व फेर्ने समय होइन भन्दै मनाउने प्रयास गरेकी थिइन् ।

मेको अबको चुनौती

तर उनले असन्तुष्ट सहकर्मीलाई मनाउने क्रमम आउने आम चुनावअघि आफूले पार्टीको नेताको पद त्याग गर्ने बताएकी छन् ।

आफू विरुद्धको अविश्वासको मतमा विजय हासिल गर्ने वित्तिकै उनको कार्यालय रहेको टेन डाउनिङ स्ट्रिटमा बोल्दै मेले अब ब्रिटेनका जनताले चाहेजस्तै ब्रिटेन ईयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताइन् ।

“अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ। एउटा त्यस्तो ब्रेक्जिट जसले हामीलाई हाम्रो पैसा, हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ ।”

उनले सबै दलका राजनीतिज्ञहरूलाई देशलाई पुन: एक ढिक्का बनाउनका लागि काम गर्न आग्रह गरिन् ।

उनले अब आफूले ईयूका नेताहरूलाई ब्रिटेनका चिन्तालाई सम्बोधन गर्नेतर्फ काम गर्न आग्रह गर्ने बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16