२०८२ चैत २९, आइतबार
८:११:२९ राति
- ADVERTISEMENT -

७७ वटै जिल्लामा जनस्वास्थ्य कार्यालय बनाइने

प्रकाशित मिति: २०७५ मंसिर २३, आइतबार

1358
Shares

काठमाडौंँ, २३ मङ्सिर २०७५ । सरकारले ७७ वटै जिल्लामा जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय स्थापना गर्ने तयारी गरेको छ । यसअघि ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने निर्णय गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले ३५ वटा स्वास्थ्य कार्यालय रहने प्रस्ताव खारेज गर्दै ७७ वटै जिल्लामा कार्यालय स्थापना गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको सो प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को प्रशासन समितिमा छलफल गरी पेश गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रदेश मातहतमा रहने गरी स्वास्थ्यसम्वन्धी गोष्ठी तालिम सञ्चालन गर्न सातवटै प्रदेशमा तालिम केन्द्र र सात वटै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न समेत माग गरिएको थियो । सोमबारको बैठकले ती विषयलाई समेत प्रशासन छलफल गरी पुनः पेश गर्न निर्णय गरेको छ ।

निमित्त स्वास्थ्य सचिव डा. सुशीलनाथ प्याकुरेलले प्रशासन समितिमा छलफल गरिने जानकारी दिँदै तत्काल यो विषय टुङ्ग्याइने बताउनुभयो ।

यसअघि सरकारले देशभरका जिल्ला स्वास्थ्य कार्यालय, क्षेत्रीय तालिम केन्द्र मेडिकल स्टोरहरू खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णय सच्याउन माग गर्दै स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा नयाँ प्रस्ताव दर्ता गराएको थियो ।

अघिल्लो संरचनामा जिल्ला स्वास्थ्य जनस्वास्थ्य खारेज गरी प्रदेश मातहतमा रहने गरी ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना हुने व्यवस्था गरिएको थियो ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. प्याकुरेलले मन्त्रालयले पाँच अस्पताललाई स्तरोन्नति गरी पाँच सय बेड बनाउने मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएकोे बताउनुभयो ।

उहाँले कोसी अञ्चल अस्पताल, नारायणी अञ्चल अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय संरचना अनुसार सातवटै प्रदेशको ‘रिफरल सेन्टर’का रुपमा विकास गर्न ती अस्पताललाई स्तरोन्नति गर्न लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16