२०८३ वैशाख १, मंगलबार
१:००:२१ दिउँसो
- ADVERTISEMENT -

एभरेस्ट प्रिमियर लिग आजदेखि : उद्घाटनका दिन विराटनगर र ललितपुर भिड्दै

प्रकाशित मिति: २०७५ मंसिर २२, शनिबार

873
Shares

काठमाडौं, २२ मङ्सिर २०७५ । नेपाली घरेलु क्रिकेटमा सर्वाधिक लोकप्रिय प्रतियोगिता टिभिएस एभरेस्ट प्रिपियर लिग (इपिएल)को तेस्रो संस्करण शनिबारदेखि टीयु क्रिकेट मैदानमा सुरु हुँदै छ । विभिन्न ६ सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाएको १९ खेल हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ । यसपटक दक्षिण अफ्रिकी ओपनर ब्याट्सम्यान रिचर्ड लेभी, नेदरल्यान्ड्सका रायन टेन डोस्काटे, स्कटल्यान्डका काइल कोट्जर र आइरिसद्वय पल स्टरलिङ र केभिन ओ ब्राएनसम्मका स्टार क्रिकेटर इपिएल खेल्दै छन् । त्यस्तै विदेशी कमेन्टर, बेलायती चियरलिडर्ससँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।

दर्शकहरूका लागि लक्कि ड्र मार्फत हरेक दिन विभिन्न उपहार साथै छक्काको बल एक हातले क्याच लिए ५० हजार पाउनेछन् । त्यसैले पनि इपिएल विशेष हुनेछ । ईपीएलको उपाधि राशी भने घोषणा गरिएको छैन । आयोजकले केहि दिनमा सार्वजनिक गर्ने बताएको छ ।

इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारीयर्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरि ६ टिम रहेका छन् । राउण्ड रोविनका आधरमा हुने प्रतियोगितामा शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् । शनिबार उद्धघाटन खेलमा कप्तान पारस खड्का रहेको विराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लले सम्हालिरहेका ललितपुर प्याट्रियट्सको सामना गर्ने छ । खेल दिउँसो १ वजेपछि टियू मैदानमा सुरु हुनेछ ।

विराटनगर वारीयर्स
विराटनगर गर्त वर्षको विजेता टोली हो । फाइनलमा भैरवाहलाई १ रनले हराउँदै उपाधि जितेको थियो । यस पटक पनि विराटनगरको पुख्य लक्ष्य उपाधि जित्ने नै रहेको छ । विराटनगरमा हङकङका पुर्व कप्तान तथा ब्याटिङ अलराउण्डर बावर हायत, नेदरल्यान्डका पाउल भेन मिकरेन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डर मर्वलगायतका विदेशी खेलाडी छन् । त्यस्तै आशिफ शेख, अनिलकुमार शाह, करण केसी, वसन्त रेग्मी विराटनगरका मुख्य हतियार हुन् ।

ललितपुर प्याट्रियट्स
ललितपुरको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् । ललितपुरबाट भारतीय सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर विदेशी खेलाडीका रूपमा रहेका छन् । त्यस्तै सन्दीप लामिछाने, पवन सराफ, ललितनारायण राजवंशी, कुशल भुर्तेल, राशिद खान, सन्दीप जोरा, सोनु तामाङ ललितपुरका मुख्य हतियार हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
174.42
175.12
GBP
UK Pound Sterling
1
200.37
201.17
CHF
Swiss Franc
1
188.84
189.60
AUD
Australian Dollar
1
105.06
105.49
CAD
Canadian Dollar
1
107.75
108.18
SGD
Singapore Dollar
1
116.90
117.37
JPY
Japanese Yen
10
9.33
9.37
CNY
Chinese Yuan
1
21.83
21.91
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.62
4.64
AED
UAE Dirham
1
40.59
40.76
MYR
Malaysian Ringgit
1
37.51
37.66
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.03
16.09
DKK
Danish Kroner
1
23.34
23.44
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.41
488.37
BHD
Bahrain Dinar
1
395.15
396.74
OMR
Omani Rial
1
387.29
388.85