गोरखा, २१ मङ्सिर २०७५ । जाईकाद्वारा ढोडेनी बजार स्थित दरौंदी खोलामाथि बनाईएको नयाँ पक्की मोटरेबल पुलको निर्माण कार्य सम्पन्न गरी एक औपचारिक समारोहका बिच हस्तान्तरण गरिएको छ ।

बारपाक-सुलिकोट, गोर्खा सडक खण्डको ढोडेनी बजारदेखि सौरपानीको सडक खण्ड जोड्ने उक्त ऐतिहासिक मोटरेबल पुलको औपचारिक रुपले उद्घाटन गर्न जापानी महामहिम राजदूत मासा मिची साईगो ढोडेनी बजार आईपुग्नु भएको थियो । उक्त समारोहमा उत्साहित रुपले उपस्थित भएका स्थानीय जनताहरुको माझ जापानी राजदूत साईगोले नेपाल सरकारका तर्फबाट मुख्य अतिथिका रुपमा उपस्थित भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघूबीर महासेठलाई उक्त नबनिर्मित पुलको रिबन काटेर उद्घाटन गर्दै हस्तान्तरण गर्नु भएको थियो ।

यस पुलले बारपाक-सुलिकोट र अजिर्कोट गाउँपालिका वरपरका हजारौं मानिसहरुलाई प्रत्यक्ष पारबहनमा राहत मिल्नेछ भने त्यस क्षेत्रको दीगो बिकासको लागि चाहिं यो पुल कोशेढुंगा साबित हुने भएको छ ।

ओली सरकारले जनतालाई झोलुङ्गे पुल समेत नबनाईकन अनेक झुट्टा सपना देखाउँदै झोलुन्गाकै थाङ्ग्नामा सुताई रहेको अहिलेको अबस्थामा यसरी जापानी सरकारको तर्फबाट पक्की पुल बनाई अझ त्यसमाथि पनि राजदूत नै आफैं गाउँमै धाउँदै पुगेर भुकम्प पिडित जनताहरुको माझ प्रत्यक्ष उपस्थित भएर सरकारका प्रतिनिधी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पक्की पुल हस्तान्तरण गरेकोमा स्थानीय जनताहरु भने मिश्रित किसिमको हर्षले आश्चर्य चकित भएका छन् ।

जापान सरकारको यस्तो कहिल्यै नबिर्सने गुनलाई सम्झिएर स्थानीय जनताहरुले उक्त पुलको नाम पनि “जापानी-पुल” भनेर नै राखेका छन् । ढोडेनीको यो पक्की “जापानी-पुल” भूकम्पको केन्द्रबिन्दुको फेदैनेर नजिकै करीब २/३ माईल रेडियस भित्र पर्छ । त्यसैगरी जापानी राजदूतले जापान सरकारको प्रत्यक्ष सहयोगमा बनेका गोर्खा जिल्लाभरका अन्य यस्तै ५ वटा मोटरेबल पक्की पुलहरुको उद्घाटन गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्