Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
४:३९:०८ दिउँसो
- ADVERTISEMENT -

सातै प्रदेशमा लोकतन्त्रवादी इन्जिनियरहरुको पक्षमा

प्रकाशित मिति: २०७५ मंसिर २१, शुक्रबार

1237
Shares

काठमाडौं, २१ मङ्सिर २०७५ । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए) मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ ।

मंसिर २८ गते हुने नेइएको ३२ औं केन्द्रीय कार्यकारीणी र प्रदेश कार्यकारिणी समिति निर्वाचनका लागि लोकतान्त्रिक समुहका अध्यक्ष इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधान ७ वटै प्रदेशमा पुग्दा उनी नेतृत्वको लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको हो ।

लोकतान्त्रिक प्यानलले निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रचार प्रसारकै क्रममा गण्डकी प्रदेशमा रहेका नेइएका पूर्व अध्यक्ष सरोज देवकोटाले देशैभर लोकतान्त्रिक समुहका पक्षमा उत्साहजनक सहभागिता र समर्थन देखिएको बताए ।

नेपाल इन्जिनियरिङ एसोसियसनमा अहिलेसम्म भएका ३१ वटा कार्यकारिणी समितिमध्ये २९ वटा कार्यकारिणी समितिको नेतृत्व लोकतान्त्रिक समितिले गरिसकेको छ । “नेइएको स्थापनादेखि यसको सांगठनिक विकास, इन्जिनियरहरुको हकअधिकार र देशकै लोकतान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका नेइएले खेल्दै आएको छ,” ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)’का उपाध्यक्ष इन्जिनियर लक्ष्मण केसीले भने, “ नेइए सम्हाल्दा गरेको सुनौला कामहरु , वर्तमानमा गरिरहेको संघर्ष र भविष्यको प्रष्ट खाका समेत लिएर हामी सबै प्रदेशमा इन्जिनियरहरुकोबिचमा पुगेका छौं । यसपटक पनि लोकतान्त्रिक समुहले नै नेइएको निर्वाचन जित्नेमा विश्वस्त छौं ।” उनले आफ्नो समुहको जितको आधार इन्जिनियरहरुको बलियो विश्वासनै भएको बताए ।

नेइएको कार्यकारिणी निर्वाचन पहिलोपटक संघीय संरचनामा
नेइएको कार्यकारिणी निर्वाचन पहिलोपटक संघीय संरचनामा हुँदैछ । संघीय संरचना अनुसार नेइएको विधान संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ । सो ल्याउनका लागि लोकतान्त्रिक समुहको महत्वपूर्ण योगदान र अग्रसरता रहेको नेइएका वर्तमान अध्यक्ष हरेराम श्रेष्ठले बताए ।

आफैले बनाएको संघीय संरचनाको विधानअनुसार प्रादेशिक तहमा हुन लागेको निर्वाचनमा लोकतान्त्रिक समुह स्वभाविक रुपमा बलियो देखिएको छ । प्रदेश १ मा मा ई. यशवन्त विक्रम शाह, प्रदेश २ मा ई मनोज कुमार दास, प्रदेश ३ मा ई.सुवास चन्द्र बराल, गण्डकी प्रदेशमा ई राजेश भट्टराई, प्रदेश ५ मा ई कुसुमराज ज्ञवाली, कर्णाली प्रदेशमा ई हरी केसी र सुदूरपश्चिम प्रदेशमा ई लवप्रसाद जोशी सभापति रहेको लोकतान्त्रिक प्यानल चुनावी मैदानमा होमिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -