२०८३ वैशाख ८, मंगलबार
३:३२:३५ दिउँसो
- ADVERTISEMENT -

आफुले बस्न मन लागेको होटेल सिधै जान नपाइने : होटल व्यवसायमा सिण्डिकेट

प्रकाशित मिति: २०७५ मंसिर २०, बिहीबार

1086
Shares

गोरखा, २० मङ्सिर २०७५ । जिल्ला सदरमुकामको होटल व्यवसायमा सिण्डिकेट देखिएको छ । व्यवसायीहरुले बसपार्कमा काउन्टर नै राखेर ग्राहक ओर्सान थालेपछि यो कुरा बाहिर आएको हो । ‘यो ठाउँ त सिण्डिकेटको अखडा नै भएको छ’ बसपार्कमा भेटिएको एक होटल व्यवसायीले भने ‘पहिले गाडीबाट झर्न बित्तिकै पाहुनाको हात तान्न पुग्थे, अहिले काउण्टर राखेर भागबण्डा सुरु गरेका छन ।’ होटल व्यवसायी संघकै पहलमा काउण्टर राखिएको हो ।

सदिक्षा खाजा घरका दिपक श्रेष्ठको संयोजकत्वमा एक व्यवस्थापन समिति निर्माण गरिएको छ । जसको सदस्यहरुमा दरबार क्षेत्रका व्यवसायी दिपक योगी, नयाँ बजारका दिपक श्रेष्ठ, मनोज गुरुङ, र हरमटारीका मनिष जोशी छन् । उक्त समितिले गोरखा आएका पाहुनाहरुलाई आलोपालोमा एक अर्काको होटलमा पठाउन काउन्टरसँग समन्वय गर्ने गर्छ । ‘४÷५ दिन भयो मैले यहाँ काम गर्न थालेको’ काउण्टरका कर्मचारी कमलबहादुर कोइरालाले भने ‘कुन होटल खाली छ, कहाँ कति मान्छे राख्न सकिन्छ साहुहरुसँग सल्लाह गरेर होटलमा मान्छे पठाउने गरेको छु ।’

जब बाहिरबाट वसपार्कमा पाहुनाहरु आइपुग्छन् । अनि उनी गएर गाडी रोक्छन् । केही होटलहरुको बारेमा जानकारी दिदै खान र बस्नको लागि त्यहाँ पठाउँछन् ।

शैक्षिक भ्रमणका लागि आएका विद्यार्थीहरुलाई फलानो होटलमा जानु अन्त ठाउँ छैन भनि कोइरालाले कुपन समेत दिई पठाउने गरेको गुनासो छ । ‘हाम्रो गाडी बसपार्क आउने बित्तिकै उहाँले आएर रोक्नु भयो’ शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर गोरखा आएका एक शिक्षकले भने ‘खाना बस्न कस्तो सुबिधा छ केही थाहा छैन ।’

पछिल्लो समय जिल्लाका केही होटलहरुले शैक्षिक भ्रमणका लागि आएका विद्यार्थी र अन्य पर्यटकलाई लक्षित गरी कर्मचारी नै राखेर वसपार्क क्षेत्रमा खटाउने गरेका थिए । चौतारी होटल, पुजा एण्ड पुर्णिमा, बिन्द्रावन, बेम्बो प्यालेस, सदिक्षा लगायत अधिकाशं होटलहरुले कमिसनमा दिएर युवाहरु खटाएको श्रोतको बताएको छ । केही दिन अघि पाहुना लैजाने विषयमा हानथाप हुँदा एक युवा माथि आक्रमण समेत भएको थियो । त्यसपछि तिनै होटलवालाहरुले बैठक बसेर एकिकृत रुपमा काउण्टर राखेको श्रोतको दाबी छ ।

उक्त कार्यको अन्य होटल व्यवसायी बिरोध जनाएका छन् । ‘सिमित मान्छेले फाईदा लिने काम भएको छ’ प्याराडाइज होटलका सञ्चालक गोबिन्द गुरुङले भने ‘होटल सघंले गरेको यो काम आपत्तीजनक छ ।’ केही व्यावसायीको उक्साउटमा होटलसंघकै व्यानरमा काउण्टर खोलिनुु हास्यास्पद भएको व्यवसायीहरुले बताएका छन् । यस अघि नै विगठन भईसकेको समितिले उक्त काम गर्नु विधान विपिरित भएको उनीहरुको ठहर छ ।

उक्त निर्णय बारे पूर्व अध्यक्ष अचुतलाल श्रेष्ठ, विघठित समिति सचिव मानप्रसाद धिताल, व्यवसायी गोबिन्द गुरुङ लगायत जिम्मेवार व्यक्तिहरुले अनविज्ञता प्रकट गरेका छन् । ‘यो निर्णय कहिले भयो मलाई थाहा छैन, हिजो वसर्पाक जाँदा मैले पनि ब्यानर देखेको हुँ’ पूर्व अध्यक्ष अचुतलाल श्रेष्ठले भने ‘मुलकमा सिन्डिकेट खारेज भईसकेको छ, काउन्टर राख्ने विषयमा मेरो सहमती छैन ।’

यता विघठित होटल संघका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जिल्लाको होटल व्यवसायमा विकृती मौलाएको भन्दै आफूहरुले बाध्य भएर उक्त निर्णय गरेको दाबी गरेका छन् । ‘गोरखामा लालमर्दा काम भयो यसलाई जसरी भएपनि रोक्नु पर्छ भनेर हामीले यो कदम चालेका हौं’ उनले भने ‘यो सिण्डिकेट होइन् होटल व्यवसायलाई व्यवस्थित गर्न खोजिएको मात्र हो ।’ शैक्षिक भ्रमणका लागि लक्षित गरी उक्त काउण्टर खोलिएको भन्दै उनले यसले अस्वस्थ प्रतिस्पर्धा रोकिने तर्क गरे ।

विद्यार्थी राख्ने गरेका अधिकाशं होटलहरुलाई छलफलमा खबर गरिएको तर बैठकमा सहभागी हुन नगएकाहरुले मात्र बिरोध गरेको उनको भनाई छ । ‘अहिले जो सहभागी हुनुभयो उहाँकोमा पाहुना पठाउँछौ’ उनले भने ‘पछि अरु कसैले म पनि राख्छु भन्यो आयो भने त्यो होटलमा पाहुना राखिनेछ ।’ अहिले १८ वटा होटलको दररेट सहित फोन नम्बर काउन्टरमा राखिएको छ । ती होटलहरुले १५० मा सादा, २५० मा चिकेन, २७० मा थकाली र ३५० मटन खाना खाना खुबाउनु पर्नेछ । सबै होटलको स्तर एकै किसिमको नभएको भन्दै एउटै दररेटमा खाना खुवाउन समस्या भएको कतिपय होटल सञ्चालनक गुनासो छ ।

पर्यटकिय नगरी गोरखामा यति बेला शैक्षिक भ्रमणका लागि ठुलो संख्यामा विद्यार्थीहरु आइरहेका छन् । सोही मात्रामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन पनि बढेको छ । तर जिल्लामा गुणस्तरिय खाना तथा आरमदायी आवासको उचित प्रबन्ध हुन नसक्दा दैनिक सयौं पर्यटक जिल्ला बाहिर गएर बस्ने गरेका छन् । होटल व्यवसायीको प्रवद्र्धन गर्नका लागि गठित होटल संघ विघठित अबस्थामा छ । नेतृत्वमा सहमती जुट्न नसकेपछि अधिवेशन स्थिगित गरेको सघंले पुनः विवादित काम गरेको भनि आलोचना सुरु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81