इन्डोनेसिया, १८ मङ्सिर २०७५ । इन्डोनेसियाको सधैँ अशान्त भइरहने क्षेत्र पपुवामा पृथकतावादीहरूले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको प्रहरी स्रोतले मंगलबार जानकारी दिएको छ ।

सुरक्षाकर्मीले मारिएका ती कामदारहरूको शव निकाल्ने कोसिस गरिरहेका छन् । यसलाई पृथकतावादीहरूले गरेको एक भीषण आक्रमणको रूपमा लिइएको छ ।

पपुवाका प्रहरी प्रवक्ता सूर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरूमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको थियो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो ।

अन्य आठजना कामदार स्थानीय संसद् सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताए । एकजना भने त्यहाँबाट भागेको, तर उनी हालसम्म बेपत्ता रहेको बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्