Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:२१ बिहान
- ADVERTISEMENT -

जलवायु परिवर्तनका निर्दोषहरू माथि अन्याय हुन नदिन विश्व समुदाय समक्ष राष्ट्रपतिको आव्हान

प्रकाशित मिति: २०७५ मंसिर १८, मंगलबार

919
Shares

काठमाडौं, १८ मङ्सिर २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले पेरिस सम्झौताको प्रभावकारी र जवाफदेही पूर्ण कार्यान्वयनको सही बाटो पहिल्याउन विश्व समुदाय सफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

पोल्याण्डमा आयोजित जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले न्युन कार्बन उत्सर्जन गर्ने नेपाल जलवायु परिवर्तनको दुष्प्रभावको मारमा परेको प्रति सचेत गराउनुभयो । हालै सार्वजनिक गरिएको आईपीसीसीको विशेष प्रतिवेदनले तय गरेको १ दशमलब ५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्ड भित्रै कार्बन उत्सर्जनलाई सीमित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति भण्डारीको आग्रह थियो ।

नेपाल जस्ता मुलुकले नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको बताउदै निर्दोषहरू माथि अन्याय हुन नदिन विश्व समुदाय समक्ष उहाँले आव्हान गर्नु भएको छ । उच्च पर्वतका हिउँ पग्लदै गएको तथा सेता हिमाल काला र फुश्रो बनेको राष्ट्रपतिले बताउनुभयो । हिमताल विष्फोटनको खतरा बढ्दा, नदीका जलाधार प्रणाली प्रभावित हुँदा हिम पहिरो, बाढी पहिरो र खडेरीले राष्ट्रिय आयको ठुलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चनुपर्ने चुनौती रहेको राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ ।

विश्वको तापक्रम बृद्धिलाई कम गर्न सघाउन पुर्‍याउन नेपालका हिम श्रृंखला फुश्रो हुँदै जानु प्रति राष्ट्रपति भण्डारीले राष्ट्रसंघीय फोरममा चिन्ता ब्यक्त गर्नुभएको हो । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पोल्याण्ड जानुभएकी राष्ट्रपति भण्डारी बिहीबार काठमाडौं फर्कनु हुनेछ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -