२०८२ चैत २९, आइतबार
६:३५:२४ बेलुका
- ADVERTISEMENT -

शहीद स्मारक: मनाङ र आर्मीको अपराजित यात्रा कायमै, छैटौँ चरणका खेल मङ्गलबारदेखि

प्रकाशित मिति: २०७५ मंसिर १८, मंगलबार

1242
Shares

काठमाडौँ, १७ मङ्सिर २०७५ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ ।

मनाङ शत प्रतिशत नतिजा निकाल्दै १५ अङ्कका साथ शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बाराबरीसहित १३ अङ्कका साथ दोस्रो स्थनामा छ ।

थ्रीस्टार र सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२÷१२ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित समान १०÷१० अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । सरस्वति क्लब दुई जीत र तीन खेलमा पराजित हुँदै छ अङ्कका साथ सातौँ स्थानमा छ ।

ए डिभिजन लिगको नव प्रवेशी च्यासल युथ क्लब एउटा जीत, एउटामा बराबरी र तीन खेलदमा पराजित हुँदै चार अङ्कका साथ आठौँ र सोही नतिजाका साथ फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब क्रमशः नवौँ, १०औँ र ११औँ स्थानमा छन् ।
चार खेलमा पराजित र एउटामा जीतसहित ब्रिगेड ब्वाइज लिगको १२औँ स्थानमा छ । मछिन्द्र दुई अङ्कका साथ १३ औँ तथा एनआरटी एक अङ्कका साथ अङ्कतालिकाको पुछारमा छ ।

छैटौँ चरणका खेल मङ्गलबारदेखि : लिगअन्तर्गत मङ्गलबारदेखि छैटौँ चरणका खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । छैटौँ चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ ।

मङ्सिर २२ गतेदेखि सातौँ चरणका खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथो हुनेले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौंले रु पाँच लाख पुरस्कार पाउनेछ ।

फेयर प्ले टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16