- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आफ्नो सीपलाई स्वदेशमै उपयोग गर्नुहोस्, अनि मात्र देश समृद्ध तिर जान्छ : मन्त्री विष्ट

December 4, 2018
1435
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, १७ मङ्सिर २०७५ । सोमबार काठमाडौंमा आयोजित ‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकलाई समृद्ध बनाउन काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमै भरपुर उपयोग गर्न सरकार प्रतिवद्ध भएर लागि रहेको बताउनु भ​एको छ ।

मन्त्री विष्टले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारी अवसर सृजना गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

मन्त्री विष्टले नेपाली श्रम, सीपलाई स्वदेशमै उपयोग गरेर ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानलाई साकार बनाउन सरकारले चाहिरहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री विष्टले सूचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा प्रशस्त रोजगारीको अवसर सृजना गर्न सकिने निष्कर्ष पनि सुनाउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com