टोकियो, १६ मङ्सिर २०७५ । दक्षिण कोरियाको स्टक एक्स्चेन्ज मार्केट ‘कोस्दाक’ (Stock exchange market (‘Kosdaq’) मा सूचीकृत भएको एसबिआई फिनटेक सलुशन कम्पनी लिमिटेड (SBI FinTech Solutions Co. Ltd.) र सिटी एक्सप्रेस मनि ट्रान्स्फर जापान क. लि. (CITY EXPRESS MONEY TRANSFER JAPAN CO. LTD.) मिलेर जापानको टोकियोमा ज्वोइन्ट भेन्चर (Joint Venture Company) कम्पनी स्थापना भएको छ ।

हालसम्म सिटी एक्सप्रेस मनि ट्रान्सफरले जापानबाट नेपाल लगायत संसारभरि रेमिट्यान्स सेवा उपलब्ध गराउंदै आएकोमा अघिल्लो साता स्थापना भएको उक्त कम्पनीले जापान लगायत साउदी अरेबिया, कतार, दुबाई लगायतका खाडी मुलुकहरु तथा अस्ट्रेलिया, युरोप, अमेरिका जस्ता मुलुकहरुबाट संसारका अधिकांश देशहरुमा सर्वसुलभ रेमिट्यान्स सेवा पुरयाउने लक्ष लिएको छ ।

एसबिआई फिन टेक सलुशन कम्पनी (SBI FinTech Solutions Co. Ltd.) जापानको एसबिआइ होल्डिङ कम्पनी (SBI Holding Company) को सिष्टर कम्पनी हो ।

बैंक, बिमा कम्पनी, सेक्यूरिटी जस्ता २ सयभन्दा बढी कम्पनीहरु आबध्द भएको एसबिआइ होल्डिङ कम्पनी (SBI Holding Company) जापानको टोकियो स्टक एक्स्चेन्ज (Tokyo Stock exchange) मा सूचीकृत भएको कम्पनी हो ।

उक्त ज्वोइन्ट भेन्चर कम्पनीको नाम हाललाई फिनटेक सिटी प्रिप्रेशन कम्पनी लिमिटेड (Fintech City Preperation Co. Ltd.) राखिएको छ ।

टोकियोमा प्रधान कार्यालय रहेको यस कम्पनीले मनि ट्रान्सफरको क्षेत्रमा अन्तर्राष्ट्रिय हब बनाईने लक्ष लिईएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्