२०८२ चैत २९, आइतबार
८:२१:३५ राति
- ADVERTISEMENT -

एशिया प्रशान्त सम्मेलन शुरु

प्रकाशित मिति: २०७५ मंसिर १५, शनिबार

817
Shares

काठमाडौँ, मंसिर १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भएपनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गर्नुभयो ।

जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरुको पग्लने क्रम रोक्ने उपायहरुबारे सोच्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान निर्माण र निर्वाचनहरुको चरणपछि मुलुक विकास र समृद्धिको चरणमा रहेको पनि अवगत गराउनुभयो ।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी हुनुहुन्छ । सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन ः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ ।

सम्मेलनमा लागि म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि हुनुहुन्छ । सुकी र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उहाँहरुले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरिसक्नुभएको छ । ती मुलुक र नेपालबीच अलग–अलग द्विपक्षीय वार्ता भई सम्झौतासमेत भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16