एजेन्सी, १५ मङ्सिर २०७५ । अमेरिकाको अलास्कामा शक्तिशाली ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्भेका अनुसार अलास्काको ठूलो शहर एंकरएजबाट ११ किलोमिटर उत्तरमा केन्द्रविन्दु रहेकाे भूकम्पबाट मानवीय क्षति नभए पनि भाैतिक सेवा-सुविधा अवरुद्ध भएका छन् ।
नेपाली समय अनुसार शुक्रबार राति ११ बजेर १४ मिनेटमा भूकम्प गएको जनाइएकाे छ । भूकम्पका कारण अलास्कामा मानिसहरु त्रसित भएका थिए । उनी घरबाट बाहिर निस्केर खुल्ला ठाउँमा रात बिताएकाे बताइएकाे । लगातार ४ म्याग्निच्युड भन्दा माथिका १० सहित ४० भन्दा बढी परकम्प गएका कारण उनीहरु रातभर त्रस्त बनेका हुन् ।
एंकरएजमा झण्डै तीन लाख तथा भूकम्पको केन्द्र रहेको क्षेत्रमा झण्डै एक लाख मानिसको बसोबास रहेको जनाइएकाे छ । अलास्का प्रहरीका अनुसार भूकम्प लगत्तै जारी गरिएको सुनामीको चेतावनी फिर्ता लिइसकिएको छ । भूकम्पले सडक दरार परेर भासिएका कारण सवारी अावागमन अवरुद्ध भएकाे छ भने एक लाखभन्दा बढी जनता बिजुलीको आपूर्तिबाट वञ्चित भएका छन् ।