काठमाडौँ, मङ्सिर १४ गते शुक्रबार । सभामुख कृष्णबहादुर महराले गैर-सरकारी संस्थाको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि ति संस्थाको आर्थिक पारदर्शितामा प्रश्न उठ्ने गरेकाले त्यसतर्फ गम्भीर भएर सोच्न जरुरी रहेको बताउनु भएको छ ।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको गैर-सरकारी संस्था महासंघको नवौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्नुहुदै
सभामुख कृष्णबहादुर महराले भन्नुभयो,‘ गैर-सरकारीको आर्थिक पारदर्शिता र दिगोपना माथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको छ, यस्ता बिषयमा सरकार र स्वयं गैरसरकारी संस्थाहरुले गम्भीर भएर सोच्नुपर्दछ ।’
गैर-सरकारी संस्थाले विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएको भन्दै उनले ती संस्थाको कामको प्रशंसा गर्नु भएको थियो ।
नागरिक संगठनहरुले गर्ने निगरानीले राज्यलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै सभामुख कृष्णबहादुर महराले संकटको घडीमा स्थानीय समुदायलाई राहत आपूर्ति गर्ने काममा नागरिक समाज र गैर-सरकारीहरुले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
“स्थानीय स्रोत साधन, सीप र श्रमको समुचित परिचालनमा गैरसरकारी संस्थाहरुले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेछ।’ अबको विकास राष्ट्रिय स्वाधीनता, स्वाभिमान र आत्मनिर्भरतामा आधारित हुनुपर्नेमा जोड दिनुपर्ने सभामुख कृष्णबहादुर महराले भन्नुभयो”