२०८३ वैशाख ८, मंगलबार
३:३६:४२ दिउँसो
- ADVERTISEMENT -

एसिया प्यासिफिक समिटको सुरक्षा योजना

प्रकाशित मिति: २०७५ मंसिर १३, बिहीबार

791
Shares

काठमाडौँ, १३ मङ्सिर २०७५ । कोरियास्थित अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरको आयोजना यही मंसीर १४ देखि १६ सम्म आयोजना हुने एसिया प्यासिफिक समिट – २०१८ का लागि चारै सुरक्षा निकाय परिचालन गरिने भएका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले सम्मेलन अवधिभर काठमाडौँ उपत्यकामा एकिकृत सुरक्षा योजना लागू गर्ने निर्णय गरेको हो।

ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सेनाका गणपति, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका उपत्यका हेर्ने प्रमुखहरु सहभागी बैठकले एकिकृत सुरक्षा योजना बनाएको छ।
सरकारले सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालनको निर्णय गरेको हो। म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको भ्रमण औपचारिक भएकालेसमेत सरकारले बिशेष सुरक्षामा चासो राखेको हो।

एकिकृत सुरक्षा योजनाअन्तर्गत १३-१७ मंसिरका लागि चारै सुरक्षा निकायका गरी ८० हजार सुरक्षाकर्मी परिचालन हुने बताइएको छ । जसमा नेपाल प्रहरीले एकदिनमा मात्रै ५ हजार १ सय प्रहरी परिचालन गर्नेछ।

यस्तै, औपचारिक भ्रमणमा रहने बिशिष्ठ पाहुनाका लागि बिशेष कारगेट चलाइने छ। यस्तै अन्य पाहुनाका हकमा बिशिष्ठ ब्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधी २०७० अनुसारको सुरक्षा प्रवन्ध गरिएको छ। चार तहमा सुरक्षा घेरा बनाएर कार्यक्रमस्थल, निवास र बाटोघाटोको सुरक्षा प्रदान गरिनेछ। राष्ट्रप्रमुख, कार्यकारी प्रमुख र उप प्रमुखका हकमा ब्यक्तिगत सुरक्षाका लागि सेनाको सुरक्षा दिइनेछ भने अन्यका हकमा प्रहरीको सुरक्षा सेवा निर्देशनालयका कमाण्डो खटिनेछन्।

त्यस्तै, कार्यक्रम स्थल र निवासमा सेनाको बम डिस्पोजल टोलीको एउटा टोली चौबिसै घण्टा तैनाथ हुनेछ। अग्ला भवनहरुमा सेना र प्रहरी तथा पुल–पुलेसाको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिने छन्।

कार्यक्रम अवधिभरका लागि सेना र सशस्त्र पैदल तथा सवारीसाधनमा गस्ती गर्नेछन्। आपतकालिन अवस्थाका लागि सुरक्षा प्रवन्ध सहितका बिशेष स्थानको ब्यवस्था समेत गरिएको छ। कारगेट अवधिमा आपतकालिन अवस्था आए बैकल्पिक मार्ग र अति सुरक्षित स्थानमा पाहुनालाई राखिनेछ।

१५ सय पाहुना आउँदै

सम्मेलनमा विश्वका ४५ मुलुकबाट १५ सय पाहुना आउने भएका छन् । म्यानमारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनसहित ७ सरकाररराष्ट्र प्रमुख उपप्रमुख आउने छन् । उनीहरुलाई होटल सोल्टी, हायात, याक एण्ड यती, र्याडिसनलगायतका ५ तारे होटलमा राखिनेछन् । अन्य पाहुनालाई तीन तथा चारतारे होटलमा राखिने जनाइएको छ । मंसीर १४ देखि १७ गतेसम्म चल्ने सम्मेलनमा २० करोड खर्च हुने अनुमान गरिएको आयोजक संस्था युपीएफले जनाएको छ ।

यति ठूलो दायरामा नेपालमा आयोजना हुन लागेको यो पहिलो सम्मेलन भएको जनाइएको छ । कुटनीतिज्ञहरुले भने सरकार प्रमुखसहित सहभागी सम्मेलनले अनौपचारिक नेपालको प्रबद्र्धन गरेपनि सम्मेलन नेपालमै आयोजना गरिएकोमा प्रश्न उब्जिएको बताएका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपाल चिनाउने उनीहरुको भनाइ छ । यसअघि यस्तो सम्मेलन २०१७ मा अफ्रिकाको सेनेगल, २०१६ मा दक्षिण कोरियामा, २०१५ मा ब्राजिलमा भएको थियो । सम्मेलनको तयारी गर्न मात्रै तीन महिना लागेको र ‘उच्च तहका मानिस आउने भएकाले सरकारले सुरक्षाको व्यवस्था मात्रै गरेको आयोजक संस्थाको दाबी छ । यसअघि, क्रिश्चियन धर्मसँग जोडिएको गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सरकार सहआयोजक बसेको भन्दै आलोचना भएपछि आयोजकले सरकारलाई सहआयोजकबाट हटाएको थियो ।

क्रिश्चियन धर्म प्रचारमा जोडिएको चर्चा भए पनि आयोजक संस्थाले सम्मेलनमा सबै धर्मका गुरुहरूलाई समेत निम्ता गरेको छ, जसबीच साझा शान्तिको बाटो के हुने भन्नेबारे छलफल हुनेछ ।

को–को आउँदैछन् ?

हिन्दु धर्मलाई प्रतिनिधित्व गर्दै वृन्द्रावनका गोस्वामी आउँदैछन् भने उनका साथमा बीजेपीका नेता विजय जोली हुनेछन् । ताइवानबाट अन्तर्राष्ट्रिय बुद्धिस्ट संघका अध्यक्ष चिनचुङ याङ र भारतबाट मुस्लिम धर्मलाई प्रतिनिधित्व गरेर इमाम प्रमुख डाक्टर उमर अहमद इल्यासी आउँदैछन् ।

क्रिश्चियन धर्म गुरुका रूपमा भने म्यान्मारस्थित वाप्टिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष जा खादर आउँदैछन् । एक सय एक जना सम्मिलित आमन्त्रण समितिमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष छन् भने फिलिपिन्सका पूर्वसभामुख जोसे डे डिभेनेसिया, यूपीएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा। थोमस वाल्स, भारतका असमका राज्यसभा सदस्य भुवनेश्वर कालिता लगायत २५ देशका उच्च ओहदाका मानिस सदस्य छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81