काठमाडौं, १३ मङ्सिर २०७५ । यस वर्षको एसइई परीक्षा चैत १० गते आइतबारबाट सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले उक्त मितिबाट कक्षा १० को अन्तमा लिइने एसइई परीक्षा लिने निर्णय गरेको हो ।

बिहान आठ बजेदेखि सुरु हुने परीक्षा ११ बजेसम्म संचालन हुनेछ। एसइई परीक्षा चैत २१ गते बिहिबार सम्पन हुनेछ ।

कक्षा १० का नियमित ग्रेडवृद्धि तथा प्राविधक विषयको परीक्षा एकसाथ सुरु हुने परीक्षा नियन्त्रण कार्यालयबाट जारी सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ परीक्षा तालिका

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्