२०८३ वैशाख ६, आइतबार
११:०२:४६ राति
- ADVERTISEMENT -

दिनको एक घन्टा जंगलभित्रको डाँडामा पुग्छन् नगरप्रमुख

प्रकाशित मिति: २०७५ मंसिर १२, बुधबार

1234
Shares

जाजरकोट, १२ मङ्सिर २०७५ । छेडागाड नगरपालिका प्रमुख लालबहादुर महतारा हरेक दिन नगरपालिकाको कार्यालयबाट दिनको एकपटक सिधै चङ्खिलाको डाँडामा जाने गर्छन् । कार्यालय समयमा जंगलको डाँडामा जानु उनको रहर नभई बाध्यता हो ।

उनी हरेक दिन एकदेखि डेढघण्टामा डाँडामा समय बिताएर फर्कने गर्छन् । नगरपालिकाको कार्यालय रहेको स्थान छेडागाड नगरपालिकाको वडा नम्बर १२ मनघाटमा टेलिफोनले काम गर्दैन ।

कार्यालयबाट टेलिफोन सम्पर्क नहुने भएकाले नगर प्रमुख टेलिफोनको नेटवर्क खोज्दै चङ्खिलाको डाँडामा पुग्ने गरेका हुन् । ‘कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जाने गरेको छु,’ नगर प्रमुख महताराले भने । ‘बजारमा टेलिफोनले काम गर्दैन, डाँडामा पुगेपछि नेटवर्क आउँछ अनि फोन सम्पर्कमा आवश्यक कुरा गरेर कार्यालयमा फर्कनुपर्छ,’ उनले भने ।

कार्यालयमा टेलिफोन नलाग्ने समस्याले नगरको कामकाज प्रभावित छ । कार्यालयमा बस्दा सबैसँग सम्पर्क विच्छेद हुने भएकाले कतिपय कुराको जानकारी लिन सम्भव हुँदैन, उनले भने, ‘कतिपयलाई टेलिफोनबाट भन्नुपर्ने कुराहरु पनि भन्न सकिन्न । समय मिलाएर डाँडामा पुगेर फोनबाट हुने काम फत्ते गर्नुपर्छ,’ नगरप्रमुख महताराले राजधानीसँग भने । टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा बारम्बार परिपत्र र ताकेता गर्दा पनि काम भएको छैन, उनले गुनासो गरे ।

नेपाल टेलिकमले जाजरकोटको सबै ठाउँमा टेलिफोन सेवा पुगेको दाबी गरे पनि पश्चिमी क्षेत्रको अधिकांश ठाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् । गाउँमा टेलिफोन सुविधा नहँुदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

सञ्चार सुविधाको अभावमा बिरामीको उपचार, आपतकालीन उद्धार तथा देश विदेशमा रहेका आफन्तसँगको सम्पर्क कठिन भएको शिवालय–१ मोर्क बजारका स्थानीय पूर्णबहादुर महताराले बताए । सूचना प्रविधिको अहिलेको युगमा पनि जनताहरु सञ्चार सुविधाबाट वञ्चित हुनु दुःखद भएको महताराले टिप्पणी गरे ।

जिल्लाको पश्चिमी क्षेत्रको शिवालय गाउँपालिकाको मोर्क र बालुवा बजार, छेडागाड नगरपालिको खारा, मनाघाट र थल बजार र कुशे गाउँपालिकाको बाटुले बजारलगायत स्थानमा सञ्चार सुविधा छैन ।

ती ठाउँका स्थानीयले एक कल फोन गर्न नगर प्रमुखजस्तै अग्ला डाँडा र जंगलका रूखमा चढ्नुपर्ने बाध्यता छ । छिटो, छरितो सम्पर्क र सारो गारोमा कामका लागि फोन सम्पर्क नहुँदा हैरानी बेहोर्नुपरेको छेडागाड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष महेन्द्रबहादुर शाहीले बताए । ‘पर्खेर गर्नुपर्ने कामका लागि डाँडा र जंगलमा पुग्नुपर्छ तर तत्कालको काम गर्न भने सम्भव नै हुँदैन,’ अध्यक्ष शाहीले भने ।

जिल्लाको पश्चिमी क्षेत्रका मुख्य बजारमा टेलिफोन सुविधा नहुँदा ती ठाउँको व्यापारिक कारोबारसमेत प्रभावित छ । टेलिफोन सेवा विस्तारका लागि वर्षौंदेखि माग गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

चुनावमा मत माग्न आउने नेतादेखि जितेका जनप्रतिनिधिसँग समस्या राखे पनि समाधान नभएको मनाघाटका स्थानीय प्रेमबहादुर केसीले बताए । ‘मत माग्न आउने सबैले गर्छौं भने, जितेर जानेले पनि गर्छौं भन्दै छन्, हाम्रो समस्या उस्तै छ,’ उनले दुःखेसो गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98