२०८३ वैशाख २, बुधबार
५:५५:५८ बेलुका
- ADVERTISEMENT -

सात महिनाको यात्रापछि ‘इन साइट’ मङ्गलग्रहमा

प्रकाशित मिति: २०७५ मंसिर १२, बुधबार

1165
Shares

संयुक्त राज्य अमेरिका, मङ्सिर १२ गते । सात महिना लामो यात्रा पूरा गरेर रोबोटिक उपकरण सहितको ‘इन साइट’ अन्तरिक्ष यान रातो ग्रहका रूपमा परिचित मङ्गलग्रहको सतहमा मङ्गलबार सफलतापूर्वक अवतरण गरेको छ ।

मङ्गलग्रहको भित्री बनोटबारेअध्ययन गर्ने योजनाका साथ गत मे मा अमेरिकाको क्याल्फोर्नियाको भाण्डेन्वर्ग हवाइ अड्डाबाट प्रक्षेपण गरिएको सो यानले मङ्गलग्रहको सतहमा पाइला टेक्नु अघि ४५ करोड ८० लाख किलोमिटरको दूरी पार गरेको अमेरिकी अन्तरीक्ष संस्था (नासा)ले जनाएको छ ।

दुई वर्ष लामो यो खोज अभियानका क्रममा मङ्गलग्रहको भित्री चट्टानी भागले कसरी काम गर्छ भन्ने कुराको अध्ययन गर्नुका साथै यस अभियानमा ‘फ्रान्को–ब्रिटिस सिस्मोमिटर’ जाडन गरिएको र मङ्गलग्रहको सतहमा रहने सो उपकरणले भित्री भागमा उत्पन्न भएका कम्पनहरूको मापन गरी त्यसभित्र कस्ता चट्टानी पत्र रहेका छन् र ती पत्रहरू कुन वस्तुबाट बनेका छन् भन्ने सूचना प्रदान गर्नेछ ।
त्यस्तै ‘इन साइट’मा रहेको जर्मनमा निर्मित एक प्रकारको जासुसीे उपकरणले मङ्गल सतहको पाँच मिटर गहिराइसम्म तापक्रम मापन गर्ने छ । त्यसले मङ्गलग्रह अहिलेसम्म कति सक्रिय छ भन्ने कुराको जानकारी दिनेछ ।

त्यस्तै सो अभियानको तेस्रो अनुसन्धान पक्ष भनेको रेडियो ट्रान्समिसनका माध्यमबाट यो ग्रह आफ्नो कक्षमा कसरी परिक्रमा गरिरहेको छ भन्ने सूचाना प्रदान गर्ने छ । यसबाट एउटा उसिनेको अण्डा र नउसिनेको अण्डा घुमाउँदा जसरी फरक ढङ्गले घुम्छन् जस्तै मङ्गलग्रहको भित्रीभागमा तरल पदार्थ छ वा छैन कुन अबस्थामा रहेको छ भन्ने कुराको जानकारी दिने छ । अहिले वैज्ञानिकहरू यस ग्रहको भित्री भागमा के छ भन्ने कुरामा पूरै अन्धकारमा छन् ।

यो अध्ययनबाट रोतो ग्रहको भित्री भाग (कोर) ठोस वा तरल वस्तु केबाट बनेको छ वा सो कति ठूलो छ भन्ने सूचना प्रदान गर्ने छ । यो अभियानको सफलताले मङ्गलग्रहमा मानव पाइला टेक्ने विषयमा थप बल पुग्ने विश्वास वैज्ञानिकहरूको छ ।
‘इन साइट’ सतहमा सफलतापूर्वक अवतरण गरेपछि नासाका बैज्ञानिकहरूले खुशीयाली मनाएका थिए । सफल अवतरणपछि नासाका प्रशासक जिम ब्रिडिनस्टाइनले प्रतिक्रिया दिँदै भन्नुभयो, “आज हामी मङ्गलग्रहमा सफलता पूर्वक अवतरण गरेका छौं । मानव इतिहासमा यो आठौं पटकको अवतरण हो । ”

‘इन साइट’ले अवतरण गरेपछिको तस्बिरहरू पनि पठाएको छ । यो अभियानले सफलता पाएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाका वैज्ञानिकहरूलाई वधाइ सन्देश पठाउनु भएको छ । ‘इन साइट’ को अवतरण प्रक्रिया स्थानीय समय बिहान ११ बजेर ४७ मिनेटमा शुरु भएको थियो । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित नियन्त्रण कक्षबाट गरिएको थियो ।

मङ्गल सतहमा अवतरण हुन पहिला ‘इन साइट’ को गति बन्दुकको गोलीभन्दा तेज अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टा रहेको थियो यसलाई क्रमशः नियन्त्रण गर्दै अवतरण गराइएको थियो । ‘इन साइट’ वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान बढ्न गई यसले सूचना सम्प्रेषण गर्न कठिनाइ हुने वैज्ञानिकहरूको अनुमान थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85