२०८३ वैशाख २, बुधबार
६:१४:०२ बेलुका
- ADVERTISEMENT -

अमार्क एसिया प्रशान्त सामुदायिक रेडियो सम्मेलन र नेपालको उपलब्धी

प्रकाशित मिति: २०७५ मंसिर १०, सोमबार

1433
Shares

१० मङ्सिर २०७५ । इन्डोनेसियाको योगयकार्तामा सम्पन्न सामुदायिक रेडियोहरूको विश्व संगठन अमार्कको एसिया प्यासिफिक क्षेत्रको चौंथो सम्मेलनमा नेपाली सामुदायिक रेडियो प्रसारकहरुको उल्लेखनीय सहभागिता मात्रै रहेन, धेरै उपलब्धीहरु पनि हासिल भएको छ ।

संस्थागत संरचनामा नेपालको सहभागिता होस वा विषयबस्तु र नीति तय गर्नमा नेपालको नेतृत्वदायी भूमिका रहेको पाईयो । सम्मेलनको एउटा महत्वपूर्ण उपलब्धी सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा एसिया प्यासिफिक क्षेत्रको उपाध्यक्ष पदमा निर्वाचित हुनु पनि हो ।

१० वर्षदेखि सामुदायिक रेडियो प्रसारक संघका साथै सामुदायिक रेडियोहरूको विश्व संगठन अमार्कको गतिविधिहरुमा निरन्तर खटिदै आउनु भएका खतिवडा निर्विरोध निर्वाचित हुनु भयो भने अध्यक्ष पदमा उहाँकै प्रस्तावमा भारतका रामनाथ भाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो ।

सबै देश र क्षेत्रलाई समेटेर बनेको नयाँ कार्यसमितिमा अनुभवी बिज्ञहरु भएकाले आफ्नो कार्यकालमा महत्वपूर्ण काम हुने विश्वास रहेको उपाध्यक्ष खतिवडा बताउनुहुन्छ । समतामुलक समाज निर्माण गर्न र विपद्को सामना गर्न सक्ने क्षमता भएको समुदाय निर्माणका लागि सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्ने गरेर अभियान सञ्चालन गरिने खतिवडाको भनाइ छ ।

नेपालका ९२ जना रेडियो प्रसारकहरु सहभागी भएको सम्मेलनमा १३ देशका २ सयभन्दा बढीको सहभागिता थियो । सम्मेलनमा एसियाका साथै अष्ट्रेलीया, क्यानडा, अमेरिका, बेलायतलगायतका देशका रेडियो प्रसारकहरुको सहभागिता रहेको थियो र सम्मेलनमा बिभिन्न देशका सामुदायिक रेडियोको अभ्यासहरु साटासाट गरिएको थियो ।

इन्डोनेसियाको योगयकार्ताको आत्मजय विश्वविद्यालयमा गो नाम गरेको त्यहाँको साँस्कृतिक घण्टा ५ पटक बजाएर कार्यक्रमको उद्घाटन गर्दा उद्घाटन शैली सबैलाई मन परेको थियो । संस्कृतिको संरक्षणका लागि इन्डोनेसियाले कति धेरै प्राथमिकता दिन्छ भन्ने कुरा उद्घाटन सत्रमा देखाईएको नेपालको भैरब नाँच जस्तै देखिने नाँचले पनि प्रष्ट हुन्थ्यो ।

इन्डोनेसियाको सूचना तथा सञ्चार मन्त्री रुडियान्टाराले उद्घाटन भाषणमा गर्नु भएको सामुदायिक रेडियो प्रतिको प्रेम पनि बेग्लै थियो । इण्डोनेसियामा रेडियाले भूकम्प र समुद्रबाट हुने विपद्मा धेरै राम्रो काम गरेको बिभिन्न उदाहरण दिदै इण्डोनेसिया जस्तो टापु नै टापु भएकोदेशमा सञ्चारका लागि सामुदायिक रेडियो महत्वपूर्ण भएको भन्दै इण्डोनेसियाका लागि अझै २ हजार सामुदायिक रेडियो आवश्यक रहेको बताउदै हुनुहुन्थ्यो ।

१६ देखि १९ नोभेम्वरसम्म भएको सम्मेलनको पहिलो दिन बढ्दो धार्मिक, आर्थिक, सामाजिक र राजनीतिक अतिवाद, असहनशीलता र चरमपन्थको अन्त्यका लागि सामुदायिक रेडियोको भूमिकाका बारेमा छलफल भएको थियो ।

साथै सामुदायिक रेडियोमार्फत पितृसत्तात्मक सोचमा परिवर्तन गरी महिला र पुरुष सम्वन्धलाई बलियो बनाउने बारेमा पनि छलफल भयो ।

पछिल्लो समय एसियामा बढ्दो आप्रवासन र वाध्यात्मक वसाईसराई समस्याको रुपमा देखिएको छ । जसका कारण समाजमा बिकृती र अत्याचार बढिरहेको छ त्यसलाई कम गर्न सामुदायिक रेडियोले कस्तो भूमिका खेल्न सक्दछ भन्ने बारेमा पनि छलफल भयो ।

सामुदायिक रेडियो प्रसारक संघ, नेपालको आयोजनामा एशिया प्रशान्त क्षेत्रका सामुदायिक रेडियोका राष्ट्रिय सन्जालहरुका चुनौती, अवसर र एकआपसमा सहकार्यका सम्भावनाहरूको बारेमा पहिलो दिन र दोस्रो दिन छलफल भयो । छलफलमा ८ देशका ४५ भन्दा बढीको सहभागिता रहेको थियो । सामुदायिक रेडियो प्रसारक संघ, नेपालका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले सहजीकरण गर्नु भएको कार्यशालामा सामुदायिक रेडियो प्रसारक संघ, नेपालका अध्यक्ष सुबास खतिवडा, वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, महासचिव गोविन्द देवकोटालगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।

भारत, बंगालादेश, म्यानमार, फिलिपिन्स, थाईल्याण्डका सामुदायिक रेडियो संगठनका पदाधिकारीहरुको पनि छलफलमा सहभागिता रहेको थियो । बिभिन्न देशका सामुदायिक रेडियोहरुको सञ्जालको सफल अभ्यास र चुनौतीका बारेमा प्रस्तुती गरिएको थियो । दोस्रो दिन आगामि दिनका कार्य र रणनीतिका बारेमा छलफल भएको थियो ।

दोस्रो दिन भएको मिडिया ऐन र नीतिको अवस्थाका बारेमा बिभिन्न देशको अभ्यास र आवश्यकताका बारेमा छलफल भयो । छलफलमा वक्ताहरुले बिभिन्न देशका कानुनी समस्याको बारेमा छलफल गर्दै कुनै पनि देशले सामुदायिक रेडियोहरुले गरेको योगदानको कदर गर्न नसकेको बताए ।

फिलिपिन्सका अधिकारकर्मी एवं रेडियोकर्मी इलाङ क्वीजानोले रेडियोलाई आफ्नो देशले सधैँ आफ्नो अधिनमा राख्ने अवस्था रहेको बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष खतिवडाले नेपालका सामुदायिक रेडियोले धेरै महत्वपूर्ण काम गरे पनि राज्यले सामुदायिक रेडियो सम्बन्धी छुट्टै नीति बनाउन तदारुकता नदेखाएको बारेमा जानकारी दिनुभयो ।

एसियामा नै नेपालको सामुदायिक रेडियोले समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा भए पनि राज्यले कदर गर्न नसकेको खतिवडाले बताउनुभयो । नेपाल नयाँ नीति र कानुनहरु कार्यान्वयनको चरणमा रहेकाले बढी सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

दोस्रो दिन नै भएको विपद् व्यवस्थापनमा रेडियोको भूमिका सम्बन्धी छलफलमा सामुदायिक रेडियो प्रसारक संघका कोषाध्यक्ष लक्ष्मण खड्काले २०७२ को विनाशकारी भूकम्पपछि नेपालले गरेका राम्रो अभ्यास र विपद्को बेलामा नेपाल जस्तो मुलुकमा रेडियो मात्रै जनतालाई सूचना दिने माध्यम हुने बताउनुभयो ।

विपद् अघि र विपद्को समयमा समुदायलाई सचेत बनाउन रेडियोले के के गर्न सक्छ भन्ने बारेमा बिभिन्न देशका सामुदायिक रेडियोले गरेका अभ्यासहरु साटासाट गरिएको थियो । यसरी सम्मेलनका हरेक सवाल र विषयबस्तुमा नेपालको महत्वपूर्ण सहभागिता रह्यो ।

लिंगकै आधारमा महिला र तेस्रो लिंगिलाई ठूलो विभेद एसियाका सबै देशको साझा समस्या हुन् । कानुनी रुपमा ३० प्रतिशत महिला समावेशीकरणलाई इन्डोनेसियाले सुनिश्चित गरे पनि राज्यका तल्ला तहमा यो लागु हुन सकेको छैन ।

इन्डोनेसियाका सञ्चारकर्मी सीता लक्ष्मी, महिला भएकै कारण विभेद र दुरव्यभार भोग्ने आफ्नो देशमा अझै धेरै समस्या भएको बताउनु हुन्छ । फिलिपिन्सको अवस्था पनि इण्डोनेसियाको जस्तै जस्तै छ ।

फिलिपिन्सका अधिकारकर्मी एवं रेडियोकर्मी इलाङ क्वीजानोले अझै पनि आफ्नो देशमा महिलामाथि बलत्कार र दुरव्यवहारको समस्या बढी भएको बताउँदै राज्यको नीतिगत त्रुटिको बारेमा धारणा राख्नु भयो । सम्मेलनमा बक्ताको रुपमा सहभागी ब्लु डाइमन सोसाईटिका पूर्व अध्यक्ष एवं पुर्व सभाषद सुनिलबाबु पन्तले पनि एसियाका देशहरु मध्येमा पनि नेपाल र भारतमा तेस्रो लिंगीलाई हेर्ने दृष्टीकोण सबै भन्दा गलत रहेको बताउनुभयो ।

लैंगिक बिभेदको अन्त्यका लागि नेपालका महिला रेडियोकर्मीहरुले प्रयास गरे पनि अझ धेरै गर्न बाँकी भएको सम्मेलनमा सहभागि रेडियो मर्स्याङदी लमजुङका स्टेशन मेनेजर मीना गुरुङले बताउनुभयो । महिला र तेस्रो लिंगिलाई अधिकार दिलाउन उनीहरुको हकहित संरक्षण गर्ने नीति निर्माणका लागि रेडियो मार्फत सघाउने प्रतिबद्धता सामुदायिक रेडियो प्रसारकहरुले राख्नु सम्मेलनको महत्वपूर्ण उपलब्धी हो ।

यस्ता सवालहरुलाई मसिनो ढंगले छलफल गरी निष्कर्ष सहित योगयाकार्ता घोषणा पत्र जारी गर्दै सम्पन्न भएको चौथो अमार्क एसिया प्रशान्त सामुदायिक रेडियो सम्मेलन सहभागिता र निर्णयका हिसावले ऐतिहासिक भएको अमार्क एसिया प्रशान्त क्षेत्रका संयोजक सुमन बस्नेत बताउनु हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85